काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे चयन

राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे चयन भएका छन् ।

संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । सोमबार बाणगंगामा   संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा भएकाे थियाे ।

संघको प्रथम उपाध्यक्षमा सशिन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा उदय पोख्रेल, महिला उपाध्यक्षमा रिता खनाल, सचिवमा बबिता गिरी, कोषाध्यक्षमा राजन थापा, सहसचिवमा कृष्ण पोख्रेल, सहकोषाध्यक्षमा सुजाता क्षेत्री र प्रवक्तामा जनकराज पौडेल लगायत निर्वाचित भएका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपमहासचिव जीवन परियारले अवधि पुगेका सबै जिल्ला तथा प्रदेशको अधिवेशन भैरहेको बताए ।

संघका केन्द्रिय सचिव थानेश्वर अधिकारीले संस्थाको उद्देश्य र गरेका कामहरुको बारेमा बताए । सचिव अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै संस्थालाई कृयाशिल र सशक्त रुपमा अगाडी बढाउन सबैजना सक्रिय भएर लाग्नका लागी आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य दिनेश रञ्जन, राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष शारदा खनाल सचिव अशिम कंँडेल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित