श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे चयन

राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे चयन भएका छन् ।

संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । सोमबार बाणगंगामा   संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा भएकाे थियाे ।

संघको प्रथम उपाध्यक्षमा सशिन्द्र सापकोटा, द्वितिय उपाध्यक्षमा उदय पोख्रेल, महिला उपाध्यक्षमा रिता खनाल, सचिवमा बबिता गिरी, कोषाध्यक्षमा राजन थापा, सहसचिवमा कृष्ण पोख्रेल, सहकोषाध्यक्षमा सुजाता क्षेत्री र प्रवक्तामा जनकराज पौडेल लगायत निर्वाचित भएका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपमहासचिव जीवन परियारले अवधि पुगेका सबै जिल्ला तथा प्रदेशको अधिवेशन भैरहेको बताए ।

संघका केन्द्रिय सचिव थानेश्वर अधिकारीले संस्थाको उद्देश्य र गरेका कामहरुको बारेमा बताए । सचिव अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै संस्थालाई कृयाशिल र सशक्त रुपमा अगाडी बढाउन सबैजना सक्रिय भएर लाग्नका लागी आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य दिनेश रञ्जन, राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष शारदा खनाल सचिव अशिम कंँडेल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित