लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मूर्ति सेलाउन जाँदा खोलामा बेपत्ता युवा २४ घण्टा बित्दासम्म भेटिएनन्

रूपन्देही । दुर्गाको मूर्ति सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका रूपन्देही कोटहीमाई-१ अमरगंजवाका २० वर्षीय सन्तकुमार राजभर अझै भेटिएका छैनन् ।
मंगलबार दिउँसो दानव र तिनाउ नदी संगममा तीन युवा डुबेकोमा दुईजनाको मृत्यु भएको थियो । रूपन्देही प्रहरीका अनुसार सन्तकुमारसँगै खोलामा डुबेका स्थानीय २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मंगलबार दिउसो शव भेटिएको थियो । प्रहरी जवान अजय राजभर दसैँ मनाउन घर आएको कोटहीमाई-१ का वडाअध्यक्ष ब्रह्मदेव यादवले बताए ।

खोलामा बेपत्ता सन्तकुमार मंगलबार रातिसम्म फेला नपरेपछि बुधबार बिहानैदेखि खोजी सुरू गरिएपनि भेटिएको छैन । स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले दुईमुहान क्षेत्रमा खोजी गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी भरतबहादुर विश्वकर्माले बेपत्ता रहेका सन्तकुमारको खोजी बिहानैदेखि जारी रहेको बताए ।

रूपन्देही, नवलपरासी र कपिलवस्तुका दक्षिणी क्षेत्रमा दसैँताका स्थापना गरिएका दुर्गामूर्ति विसर्जन गर्ने क्रममा विगतका वर्षमा पनि डुबेर युवाहरूको मृत्युका घटना हुने गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित