
पाल्पाको रानीमहल नजिकै आइतबार साँझ भएको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।
मृतकहरूमा जिल्ला नवलपरासी पुर्व देवचुली न. पा. १६ रजहर बस्ने ५५ बर्षकी पार्बती लोहनी, लम्जुङ बेसीसहर न.पा. २ भकुण्डे बस्ने बर्ष अन्दाजी ५५ की चुना धिताल, नवलपरासी पुर्व देवचुली न.पा. १६ रजहर बस्ने बर्ष अन्दाजी ३५ की सबिना धिताल, रजहरकै बर्ष ११ को सबिस लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रजहरकै २.५ र्का ईसव लोहनी सोहि ठाँउका ६५ बर्षिय कृष्ण बहादुर लोहनी घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले जानकारी दिए।
दुर्घटनामा परी जिपका चालक ईश्वरबहादुर लोहनी गम्भीर घाइते छन्। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो।
पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरूलाई लिएर फर्किँदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ।