रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पाल्पाको रानीमहल दुर्घटना: मृतक सबैको परिचय खुल्यो, नवलपरासी रजहरका मात्र ५ जना

पाल्पाको रानीमहल नजिकै आइतबार साँझ भएको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेहरूको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।
मृतकहरूमा जिल्ला नवलपरासी पुर्व देवचुली न. पा. १६ रजहर बस्ने ५५ बर्षकी पार्बती लोहनी, लम्जुङ बेसीसहर न.पा. २ भकुण्डे बस्ने बर्ष अन्दाजी ५५ की चुना धिताल, नवलपरासी पुर्व देवचुली न.पा. १६ रजहर बस्ने बर्ष अन्दाजी ३५ की सबिना धिताल, रजहरकै बर्ष ११ को सबिस लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रजहरकै २.५ र्का ईसव लोहनी सोहि ठाँउका ६५ बर्षिय कृष्ण बहादुर लोहनी घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले जानकारी दिए।
दुर्घटनामा परी जिपका चालक ईश्वरबहादुर लोहनी गम्भीर घाइते छन्। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो।
पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरूलाई लिएर फर्किँदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित