रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

बुटवल । पाल्पाको रानिमहल नजिकै गाडी दुर्घटना भएको छ। तानसेनबाट रानीमहल तर्फ जांदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परि ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेकाहरु तिनजना महिला, दुई बालबालिका र एक पुरुष रहेका छन्। यद्दपी उनिहरुलाई उद्धार गरि अस्पताल लगि नसकिएकोले मृत्यु घोषणा भने भएको छैन।

दुर्घटनामा परि एक जना गम्भिर घाईते भएका छन्। घाईतेको उद्दार गरि उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका ईन्चार्ज प्रहरी नायब निरिक्षक राजकुमार चापागाईले जानकारी दिए।

घटनास्थल रानिमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा रहेको छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको प्रहरी नायब निरिक्षक चापागाईले जानकारी दिए।

घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भईरहेको प्रहरीले जनाएको छ। गाडीमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बांकि रहेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित