काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

युवकको ज्यान गएपछि नेकपा क्रान्तिकारीका प्रवक्ता वास्तोल प्रहरी नियन्त्रणमा

पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङकाे राप्ती गाउपालिका वडा नं ५ सिंगेमा नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ।

दुर्घटनामा युवककाे ज्यान गएपछि सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का  बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

पक्राउ परेका बास्ताेलालाई  इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको प्रहरीले बताएको  छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर  काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई सिंगे नजिकै ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते चौधरीलाई टाउकोमा चोट लागेर गम्भीर घाइते अवस्थामा प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याएको थियो। घाइते चाैधरीलाई राति १० बजेपछि स्वास्थ्य चौकी पुर्‍याएलगत्तै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख केसीले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित