रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

राष्ट्रपतिबाट माफी पाएको महिनादिन नबित्दै लोकबहादुरले गरे महिलाको हत्या

संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएकाे महिनादिन नबित्दै रुकुम पश्चिमका लाेकेन्द्र भनिने लाेकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् ।

राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले जिल्लाकै मुसीकोट नगरपालिका ७ साँखकी २८ वर्षीय भावना विकको हत्या गरेका हुन् ।

उनी बाहिर निस्केको एक महिना नहुँदै यस्तो घटनामा संलग्न भएपछि गम्भीर अपराधमा जोडिएकालाई आममाफी दिएर आलोचना भएको सरकार र सिफारिस गर्ने राष्ट्रपतिमाथि थप आलोचना हुने भएको छ ।

भावनाको हत्यामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मंगलबार बिहान खलङ्गाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । सो घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित