लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’

भैरहवा । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को पहलमा भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’ सुविधा पाइने भएको छ । महान पर्व दशैंलाई आइतबारदेखि लक्षित गर्दै सुरु गरिएको यो अफरमा सामान खरिद गर्दा छुट पाउन सकिने संगठनले जनाएको छ ।

बजारमा चहलपहल बढाउन र स्वदेशी बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले दशैंमा छुट अफर दिन व्यवसायीलाई आग्रह गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय बजारमै खरिद गर्न र स्थानीय उत्पादनलाई जोड दिनुपर्छ । आम समुदायको घरमा दशैं आउनुपर्छ हाम्रो सोच हो । ’ आम उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्ने बानीको विकास गर्ने अभियान अनुसार यो छुट अफर प्रदान गरिएको श्रेष्ठले बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अन्नपूर्ण स्टोर्स, प्राइम इलेक्ट्रोनिक्स, कालिका टे«ड स्टोर्स, गौतम टे«ड सप्लायर्स, साहु बस्त्रालय, अमन किराना पसल र शुभकामाख्या इन्टरप्राइजेजका ‘दशैं छुट अफर’ को सुविधा रहेको बताए । आइतबार ७ वटा पसलमा संगठनले छुट अफर सम्बन्धी ब्यानर टांगेको रोक्काले जानकारी दिए ।

संगठनका वाणिज्य उपाध्यक्ष तथा ‘दशैं छुट अफर’ का संयोजक राममिलन यादवले यो अफरले केही हदसम्म उपभोक्ताले छुटको सुविधा पाउने बताए । उनले यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् । उनले भने, ‘दशैं छुट अफर दशै अवधिभर पाउन सकिनेछ ।’

संगठनकी महासचिव लक्ष्मी अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित