लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्विरोध निर्वाचित

बुटवल ।

रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

संघको ४५ औं बार्षिक साधारण सभा तथा २३ औं अधिबेशनमा सापकोटाले मात्र उम्मेदवारी परेपछि उनि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन संघको अधिबेशन २९ असोजमा बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमाहुंदैछ । त्यस अघि निर्वाचन कार्यतालिका अनुसार शनिबार मनोनयन थियो ।

०५६ सालमा रुपन्देही उद्योग संघको सदस्यता लिएका सापकोटा ०५८ सालमा कार्य समिति सदस्यको रुपमा संघकोनेतृत्वमा प्रवेश गरेका थिए

सह कोषाध्यक्ष, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुंदै सापकोटा बरिष्ठ उपाध्यक्ष थिए

रुपन्देहीको मोतिपुरमा स्थापित पर्वत ईट्टा उद्योगका सञ्चालक रहेका दिलिप सापकोटा व्यवसायीको हक, हित अधिकार तथा समस्याहरुको समधान गर्ने प्रतिबद्धता जनाए।

लामो समय देखि संघको नेतृत्व टिममा रहेर काम गरेको विगतको अनुभवका आधारमा व्यवसायीको समस्यालाईमाथिल्लो निकाय सम्म पुराएर समधानको पहल आफुले गर्ने उनले बताए

हाम्रो संघमा एकै प्रकृतिको उद्योगहरु छैनन् फरक फरक उद्योग चलाएका साथीहरुका समस्या फरक छन् त्यी सवैसमस्याहरुलाई सामुहिक छलफलबाट समाधान गर्न पहल कदमी गर्नेछुउनले भने

पर्वतको फलेबासमा ०२९ साल चैत १५ गते जन्मिएका सापकोटा बुवाकै प्रेरणाले उद्योग क्षेत्रमा लागेको बताउंछन्

०३८ सालमा बावुराम आचार्य संग दिलिपका बुवा ताराप्रसाद सापकोटाले पार्टनरमा आचार्य ईट्टा उद्योग खोलेका थिए पर्वतमा जन्म भएपनि बुटवलको तत्कालिन कालिका स्कुल (हाल कालिका मानवज्ञान) बाट ०४६ सालमा एसएलसीउत्र्तिण गरेका दिलिपले बाणिज्य क्याम्पसबाट स्नात्तक उत्र्तिण गरेका छन्

नाताले ज्वाई जेवान रहेका बावुराम ताराप्रसादले उक्त उद्योग ०५० साल सम्म संगै गरे त्यसपछि बावुरामलेआचार्य इट्टा चलाए भने ताराप्रसादले पर्वत इट्टा उद्योग सञ्चालन गरे

एसएलसी दिएपछि नै बुवाले चलाएको उद्योगमा जाने बुवालाई सहयोग गर्दा गर्दै उनको पनि लत उद्योग क्षेत्रमा बसेकोहो

उनले बुवाले स्थापना गरेको पर्वत ईट्टा उद्योग दोस्रो पुस्तामा समालेका छन्

आमा गंगादेवी सापकोटा, बुवा ताराप्रसाद सापकोटाको आर्शिवाद श्रीमती सुजिता सापकोटाको समेत मेहनतलेअहिले दिलिप सापकोटा एक सफल उद्योगीको रुपमा परिचित छन्

व्यवसायी, उद्योगीका समस्या बुझ्ने, सरल, ईमान्दार व्यक्तित्वको छवि बनाएका दिलिपका एक छोरा सम्राट एकछोरी सुदीक्षा छन्

रुपन्देही उद्योग संघमा कुल हजार १३ सदस्य छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित