श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

दशैंका लागि दुर्गा भवानीको मूर्ति बनाउन भ्याई नभ्याई

बुटवल । दशैका लागि दुर्गा भवानीको मूर्ति बनाउन कालिगढहरुलाई यतिबेला भ्याई नभ्याई छ ।

बिजयादशमीमा बिभिन्न स्थानमा निकालिने दुर्गा भगवतीसहित बिभिन्न देवी देवताको माटोका मुर्तिहरु बनाउन अहिले कालिगढहरुलाई चटारो छ ।

रुपन्देहीको धकधईमा भारतबाट आएका कालिगढले मूर्ति बनाईरहेका छन् ।

दशैंतिहारको बेला तराई क्षेत्रमा धेरै मात्रामा प्रयोग हुने दुर्गा भगवतीका मूर्तिहरु पहिले भारतीय बजारबाट आयात हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने कालिगढहरु आफै आएर समेत बनाउने गर्न थालेका छन् ।

यसवर्ष असोज तेस्रो सातासम्म परेको वर्षाका कारण मूर्ति बनाउन ढिलाई भएको कालिगढहरु बताउंछन् ।

माटोमा काठ र परालको भुस मोलेर बनाईने मूर्तिलाई घाममा सुकाएर रंग भरेर आकर्षक बनाउने गरिन्छ ।

दशैंको बेला घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमा सम्म दुर्गामूर्ति स्थापना गरि पूजा गर्ने गरिन्छ ।

रुपन्देहीको चिल्हियाका चन्द्रपाल केवटले १४ वर्षको उमेरदेखि नै माटोका मूर्ति बनाउन शुरु गरेका थिए । यो विचमा दुईसय भन्दा बढि दुर्गा र लक्ष्मीमाताका मूर्ति बनाईसकेको पालले बताए ।

दर्जनौं संख्यामा सिमेन्टको घोंडा, हात्ति, मयंूर, डांफे जस्ता जनावर र पंक्षी बनाईसकेका चन्द्रपाल मूर्तिकलामै भविश्य राम्रो भएको बताए ।

दशैं र तिहारमा दुर्गा र लक्ष्मीका मूर्ति बनाउने चन्द्रपाल अरु समयमा भने विभिन्न पार्क, घरका बगैंचा तथा मठमन्दिरहरुमा राख्नको लागि अर्डर गरिएका सिमेन्टका मूर्ति बनाउने गर्छन ।

मूर्ति बनाएरै दशैं तिहारमा चार/पांच लाख सम्म आम्दानी गर्ने गरेको चन्द्रपालको अनुभव छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित