लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

मेयर पाण्डेलाई मञ्चमा राखेर क्षेत्रिय सभापतीका लागि फर्सुराम ढकालले गरे उम्मेदवारी घोषणा

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापती चयनमा सहमती नभएपछि संस्थापन पक्ष र ईतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् ।

स्थानिय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुंदै सभापती हरी लम्साल ०७९ बैशाख ९ गते साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका थिए ।

उक्त पद १८ महिना देखि रिक्त छ । बुधबार बुटवलमा शेखर कोइराला समुहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितीमा फर्सुराम ढकाललाई सभापतीको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

सहमतीको प्रयास विफल भएपछि सभापती पदका लागि ढकाललाई अगाडि सारिएको कोइराला पक्षको भनाई छ ।

सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशिल र आउंदो निर्वाचनमा बढि भन्दा बढि सिट ल्याउने योजना सहित आफु सभापतीमा उठ्न लागेको बताए ।

पार्टी भित्र रहेका असन्तुष्ट हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भुमिका हुने उनको भनाई छ ।

असोज २७ गते हुने सभापती निर्वाचनमा ६७२ प्रतिनिधीले मतदान गर्नेछन् ।

संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतीको उम्मेदवार बन्ने सम्भावना बढि छ । यद्यपी औपचारिक निर्णय भने उक्त पक्षबाट गराइएको छैन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित