श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

सियारीमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका सामाग्री नष्ट

रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।

बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर एकमा रहेका किराना पसल, मिनि मार्ट, मासु पसल, फेन्सी लगाएतका पसलहरुमा अनुगमन गरेको हो ।

पालिकाले वडा नम्बर एकमा रहेका ५० बढी पसलमा अनुगमन गरेको थियो ।

वडा अध्यक्ष अरुण कुमार शाहि, पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, आर्थिक बिकास शाखा प्रमुख गणेशप्रसाद खनाल, बाणिज्य कार्यालय रुपन्देहीका सुचना अधिकारी नारायण पन्थी, पालिकाका बिभिन्न शाखाका प्रतिनिधि लगाएत स्थानिय प्रहरी, नगरप्रहरी लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका मध्ये केहि किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री जफथ गरी नष्ट गरिएको पालिकाका प्रमुख प्रशाशकिय पन्थीले जानकारी दिए । अनुगमनका क्रममा बिभिन्न ब्राण्डका मसलाका प्याकेट, काजु, मह, मच्छड धुप लगाएतका म्याद गुज्रिएका सामान फेला पारी नष्ट गरिएको प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

‘किराना पसलहरुमा अनुगमन गर्दा हामीले म्याद गुज्रिएका अखाद्य सामाग्री फेला परेका सवै सामाग्रीलाई वडा कार्यालयमा ल्याएर नष्ट गरिएको छ, प्रमुख प्रशाशकिय अधिकृत पन्थीले भन्नु भयो म्याद गुज्रिएका सामानबारेमा सचेत समेका छौ ।

अनुगमन गरिएका मध्ये अधिकांश पसल पालिकामा सुचिकृत नभएको पाईएको आर्थिक बिकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । उनले पालिकामा सचिकृत नभएका पसलहरुलाई एक महिना भित्रमा पालिकामा आएर दर्ता हुन आग्रह गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित