रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

सियारीमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका सामाग्री नष्ट

रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ ।

सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।

बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर एकमा रहेका किराना पसल, मिनि मार्ट, मासु पसल, फेन्सी लगाएतका पसलहरुमा अनुगमन गरेको हो ।

पालिकाले वडा नम्बर एकमा रहेका ५० बढी पसलमा अनुगमन गरेको थियो ।

वडा अध्यक्ष अरुण कुमार शाहि, पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, आर्थिक बिकास शाखा प्रमुख गणेशप्रसाद खनाल, बाणिज्य कार्यालय रुपन्देहीका सुचना अधिकारी नारायण पन्थी, पालिकाका बिभिन्न शाखाका प्रतिनिधि लगाएत स्थानिय प्रहरी, नगरप्रहरी लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका मध्ये केहि किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री जफथ गरी नष्ट गरिएको पालिकाका प्रमुख प्रशाशकिय पन्थीले जानकारी दिए । अनुगमनका क्रममा बिभिन्न ब्राण्डका मसलाका प्याकेट, काजु, मह, मच्छड धुप लगाएतका म्याद गुज्रिएका सामान फेला पारी नष्ट गरिएको प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

‘किराना पसलहरुमा अनुगमन गर्दा हामीले म्याद गुज्रिएका अखाद्य सामाग्री फेला परेका सवै सामाग्रीलाई वडा कार्यालयमा ल्याएर नष्ट गरिएको छ, प्रमुख प्रशाशकिय अधिकृत पन्थीले भन्नु भयो म्याद गुज्रिएका सामानबारेमा सचेत समेका छौ ।

अनुगमन गरिएका मध्ये अधिकांश पसल पालिकामा सुचिकृत नभएको पाईएको आर्थिक बिकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । उनले पालिकामा सचिकृत नभएका पसलहरुलाई एक महिना भित्रमा पालिकामा आएर दर्ता हुन आग्रह गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित