लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल उद्योग वाणिज्य संघ निर्वाचनमा १ हजार ५०६ मत खस्यो

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान कार्य सम्पन्न भएको छ । बिहान ९ः४० देखि शुरु भएको मतदान ५ बजे सम्पन्न भएको हो ।

मतदानमा १ हजार ५०६ मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन कुल मतदाता संख्याको करिब ८५ प्रतिशत मत हो। संघमा १ हजार ७७८ मतदाता छन।

संघ अध्यक्ष उज्ज्वल कसजु र बुटवल नगरप्रमुख खेलराज पाण्डेबाट शुरु भएको मतदान अध्यक्षका दुई प्रत्याशी दिनेश प्रसाद श्रेष्ठ र हरि अर्यालले मतदान गरि मतदानकार्य समापन गरिएको थियो ।

संघको नेतृत्व गर्नको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल सहित चुनाबी मैदानमा छन। वरिष्ठ उपाध्यक्ष टंक गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई सर्वसम्मत भएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित