लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरपालिकाको कदम: पर्यटकले सजिलै गन्तव्य भेटाउन राखियो संकेत नं.

पर्यटक भित्राउन लुम्बिनी साँस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ ।

पर्यटन प्रवर्धन गर्ने हेतुले नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानको नेतृत्वले बाह्रय तथा आन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरि लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र पर्ने सडकहरुमा संकेत नम्बर(स्ट्रीट नम्बर) राखिएको हो ।

अन्र्तराष्ट्रिय दातृसंस्ता युएनडिपि,नेपाल टुरिजम बोर्ड र लुम्बिनी साँस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनी ८० वटा संकेत नम्बर राखिएको छ ।

सडकमा संकेत नम्बरको उद्धघाटन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागी नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गरेका छन् ।

मेयर मुसलमानले विदेशी तिर पयर्टकहरु जाँदा कुन ठाउँ जाने,कहाँ बस्ने जस्ता विषयमा पर्यटकहरुलाई सजिलै जानकारी हाँसिल होस् भन्ने उदेश्यले नम्बरिङ सिष्टम राखिएको बताए । पालिका भित्र पर्ने ८० वटा सडकहरुमा नम्बरिङ गर्ने काम अघि बढेको भन्दै बढि मात्रामा पर्यटकहरुलाई लम्बिनीमा झार्न विविध रणनितिक अभ्यास गरिँदै जाने मेयर मुसलमानको भनाई छ ।

यस्तै,पर्यटकहरुले सजिलै आफनो गतव्य भेटाउन स्ट्रीट नम्बरिङ गरिएको नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताईकी छन् । पर्यटनको विकासमा नगरले चासो दिएको कुरा समेत बताईन् ।अव लुम्बिनीमा आउने पर्यटकहरुले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सृजना भएको कुरा दर्साइन् ।

आर्कषणको केन्द्र लुम्बिनीमा अधिक पर्यटकहरुलाई गन्तव्यमा पुग्न सहजहोस् भन्ने उदेश्यले पहिलो अभ्यास चालिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताएका छन् ।

बढ्दो सहरीकरणका कारण पर्यटकहरुलाई अल्झिन नपरोस भन्ने चाहानालाई मध्येनजर गदैै सडकमा संकेत नम्बर राखिएको बताए । पर्यटन क्षेत्रको श्रवृद्धिका लागी नगरपालिका सधै हातेमालो गर्न तयार रहेको र यि कार्यहरुमा सवैको साथको अपेक्षा समेत प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले गरे ।

यसैगरि पर्यटकहरुको यात्रालाई सहज रुपमा सफल बनाउन संकेत नम्बरले महत्वपुर्ण भुमिका खेल्ने युएइनडिपीका सु्दिप अर्यालले जानकारी दिए । पहिलो साझेदारी कार्यक्रम अन्र्तगत संकेत नम्बर राखिएको र पर्यटकहरुलाई थप भित्राउन सुचना केन्द्र स्थापना समेत गरिने कार्यक्रम रहेको पनि उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित