
बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ ।
लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको सचिबालयले जनाएको छ ।
प्रेस सल्लाहकार दिपक बाहोराका अनुसार सडकमा एक्कासी आएको बच्चालाई चालकले बचाउन खोज्दा गाडी खाल्डोमा पसेको हो ।
गाडी दुर्घटना हुँदा गाडीमा सवार ५ जनालाई सामान्य चोट लागेको छ ।