काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

बुटवल उद्योग वाणिज्य संघको अधिबेशनमा मत माग्दै दुई वटै प्यानल प्रचारका लागि व्यवसायीको घरदैलोमा

बुटवल । सोमबार बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि मतदान हुँदैछ । त्यस अघि दुई छुट्टाछुट्टै प्यानल बनाएर व्यवसायीहरु प्रचारमा जुटेका छन् ।

७० बर्ष पुरानो ईतिहास बोकेको संघमा आगामी नेतृत्व लिन दिनेशप्रसाद श्रेष्ठ र हरि अर्याल दुवैले प्यानल नै बनाएर चुनावी माहोलमा होमिएका छन् ।

यतिबेला व्यवसायीको घरदैलोमा पुगेर मत माग्ने, छलफलहरु गर्ने साथै संघीय निर्वाचनमा उठ्ने उम्मेदवारले जस्तै आफ्ना प्रतिबद्धता व्यवसायी माझ बाड्ने काम पनि यी दुवै प्यानलका व्यवसायीले गरेका छन् ।

अघिल्लो अधिबेशनमा हालका अध्यक्ष उज्वल कसजु संग केही मतका कारण पराजित हुन पुगेका हरि अर्याल यस पटक व्यवसायीहरुले नयाँ व्यक्तिको खोजी व्यवसायीले गरेको भन्दै प्रचार प्रसारलाई तिब्र बनाएका छन् । अर्का अध्यक्षका उम्मेदवार श्रेष्ठ भने २१ बर्षे व्यवसायीक अनुभव हासिल गरेको र व्यवसायीको पीर, व्यथा सवै थाहा भएका कारण आफुले निर्वाचनमा विजयी हासिल गर्ने दृढ विश्वासका साथ निर्वाचनमा होमिएको बताएका छन् ।

कुल एक हजार ७ सय ७८ जना उद्योगी व्यवसायी मतदाता छन् । उनीहरुलाई रिझाउन दुवैले प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।
सञ्चार माध्यममा विज्ञापन गर्ने देखि सामाजिक सञ्जालमा डलर नै खर्च गरेर दुवै प्यानलले प्रचार गरिरहेका छन् ।

२००९ सालमा बुटवल व्यापार मण्डलको नामबाट स्थापना भएको बुटवल उद्योग वाणिज्य संघ बुटवल उपमहानगरपालिकाभन्दा पुरानो हो।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा नविनप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा बाबुराम बिक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा जाकिर हुसेनले उम्मेदवारी दिएका छन्।

अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र उद्योग उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्तप्रसाद ढकाल, सचिवमा भेषराज गैरे र सह–कोषाध्यक्षमा धनाकुमारी खनालले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष भने दुवै प्यानलबाट उम्मेदवार बनेपछि निर्विरोध भइसकेका छन।

२०४५ सालमा १८ वर्षको उमेरदेखि फेन्सी पसलबाट व्यावसायिक यात्रा सुरू गरेका श्रेष्ठले किराना व्यवसाय हुँदै हाल मदिरा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

पुस्तक तथा स्टेसनरी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर आफ्नो परिचय विस्तार गरेका अर्याल २०७१ सालमा स‌घमा महासचिव बनेका थिए । त्यस्तै २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। २०७७ सालमा अध्यक्षमा प्रतिस्पर्धा गरेका अर्याल वर्तमान अध्यक्ष उज्ज्वल कसजूसँग केही मतले पराजित भएका थिए। उनी पुस्तक व्यवसायी हुन ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित