रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगी परिबारको सम्पर्कमा

बुटवल । इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगी परिबारको सम्पर्कमा आएका छन् ।

इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेसंगै उनी सम्पर्कविहीन भएका थिए ।

खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले आफ्ना बुवा संग अस्पतालबाट कुराकानी गरेको परिबारले पुष्टि गरेको छ ।
छोरा सम्पर्क विहिन भएपछि तनाव र अतास भोगका परिबार छोरो सम्पर्कमा आएपछि तनाव भने केही कम भएको छ ।

दुवै खुट्टामा गोली लागेका कारण घाइते अवस्थामा रहेको र अपरेशनको तयारीमा रहेको छोराले बताएको निमबहादुरले जनाएका छन् । ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताए, खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ’, निमबहादुरले भने ।

कृषिमा स्नातक गरेका डांगी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका अन्तरगत ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत गत भदौ २३ गते इजरायलको गाजामा पुगेका थिए ।

दंगीशरण गाउपालिका वडा नं ३ का वडाध्यक्ष शुकलाल चौधरीका अनुसार इजरायलको अस्पतालबाट उनले भिडियो कल गरेका थिए । बाबु सम्पर्कमा आए, त्यहिँको अस्पतालको नर्सको मोवाइलबाट भर्खरै भिडियो कल भएको छ, ‘म पनि उनको बुबासँगै छु’, चौधरीले भने ।

डांगीका बुवा निमबहादुरका अनुसार प्रविणसंगै दाङ तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीका एक युवा र उनका अन्य १ जना साथीसमेत सँगै गएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित