तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो : काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिले आयोजना गरेको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले वृद्धभत्ताको व्यवस्था गर्ने अवधारणा आफूले ल्याएको दाबी गरे ।

‘यो वृद्ध भत्ताको कन्सेप्ट पनि मैले लिएर आएको हो । अहिले अब अरुले लिएर आएको हो भने । यसमा ठूलो कहानी छ ।’–भण्डारीले भने । खाली वृद्ध भत्ताको मात्रै कुरा गरिएको भनि टिप्पणी गर्दै उनले अब बैकल्पिकरुपमा जेष्ठ नागरिकलाई स्वतः अधिकारको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बैतर्नी तर्न मतदाताहरुलाई आह्वान गरे । मुलुकलाई निकास दिन र पुन्य कमाउन गठबन्धनलाई मतदान गर्न आह्वान गरे । उनले नेपालको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै नेपालमा पार्टीको सदस्यता भ्रष्टाचार गर्ने साधन बन्ने गरेको टिप्पणी गरे । मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउँदै समृद्धिको बाटोमा लैजान जनताले दिएको दुईतिहाईको मतको सरकार ढलाउने तत्वलाई चुनावमा सजाय दिनुपर्ने उनले बताए । सरकार ढलाउने र पार्टी फुटाउनेहरुलाई सजाय दिनु पर्छ, उनले भने, एमालेलाई मत नदिएर यसपटकको चुनावमा सजाय दिनु पर्छ ।

उनले प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवाली तर्फ लक्षित गर्दै सरकारमा रहेको अवस्थाको रातो कितावमा त्यस कालमा एउटा पनि पुल, सडक र विकासको योजना गुल्मीले नपरेको दाबी पनि गरे । आफुले सिद्धबाबाको विकल्पमा तयार गरेको सडक योजनामा एमाले सरकारले बजेट रोकेर सुरक्षित गुल्मी पुग्ने काममा बाधा हालेको उनले आरोप लगाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित