प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

बुटवलको व्यवसायलाई पुरानै अवस्थामा ल्याउन स्पष्ट भिजन र योजना म संग छ–अर्याल

बुटवल । २२ असोज देखि बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो भवनमा निर्वाचनका सवै कार्यक्रमहरु सुरु भइसकेका छन् ।

यस पटकको अधिबेशनमा नेतृत्वका लागि हरि अर्याल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो संघको अधिबेशनमा समेत अध्यक्षका प्रत्यासी बनेका हरि अर्यालको उम्मेदवारी किन ? व्यवासयी, उद्योगीले अर्याललाई मत किने दिने ? तिनाउ न्यूज हरि अर्याल संग गरेको कुराकानीका आधारमा संक्षिप्त केही विवरण प्रस्तुत गर्दैछ ।

हरि अर्याल एक सवल र सक्षम व्यवसायीको रुपमा परिचित छन् । सवै संग घुलमिल हुँदै व्यवसायीका समस्यालाई तत्काल समधानको पहल गर्न अगाडि तम्सनुनै उनको मुख्य विशेषता हो ।

उनै अर्याल अहिले व्यवसायीको हकहित, समृद्ध बुटवलको परिकल्पनालाई साकार बनाउँने संघको नेतृत्वमा आउन चाहेको र त्यहि अनुरुप भेटघाट, व्यवसायीको घरदैलो कार्यक्रम गरिरहेको बताउँछन् ।

अघिल्लो निर्वाचनमा हालका अध्यक्ष उज्वल कसजु संग केही मतले नेतृत्वमा आउनबाट रोकिएका अर्याल यस पटक सवै उद्योगी, व्यवसायीको आफुलाई साथ भएको बताउँछन् । ‘व्यवसायीहरुले केही नयाँ पन खोज्नुभएको छ । त्यो नयाँ पन मेरो साझा प्यानलमा छ । त्यसैले पनि साझा उम्मेदवारहरुलाई व्यवसायको साथ र समर्थन हुन्छ भन्नेमा विश्वास छु’ उनले भने ।

एजेण्डाका हिसावले बुटवलको बजारलाई व्यवस्थापन गर्ने, उपमहानगरपालिकासँग सहकार्य गर्ने, घर धनि र व्यवसायीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न आफु लाग्ने उनले बताए । ‘आर्थिक गतिविधिहरुलाई कसरी चलायमान गर्न सकिन्छ । कसरी व्यवसायलाई संरक्षण गर्न सकिन्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सकिन्छ । नै मेरो मुख्य एजेण्डा हुन’ उनले भने ।

बुटवलमा पछिल्लो समय धेरै सटरहरु खाली भएको र व्यापारमा मन्द आएको बताउँदै उनले यसको समधानका लागि पनि आफु गम्भिर भएर लाग्ने बताए । व्यवसायीलाई कसरी स्थापित गर्ने र आईपरेका समस्या संग कसरी समधान गर्ने भन्ने विषयमा आफु गम्भिर भएको भन्दै यसको समधानका लागि बुटवलमा रहेका सवै व्यवसायीक संघ संस्थाहरु संग आफुले सहकार्य गर्ने समेत उनले बताए ।

‘बुटवलमा व्यवसायीक संस्थाहरुमा व्यवसायिक ‘नेचर’ तथा चरित्र कमजोर हुँदै जाँदा व्यवसायीक संस्था बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ जस्तो संगठनले व्यवसायिक चरित्रलाई स्थापित गर्न सक्नु पर्छ । व्यवसायीक एजेण्डाहरुलाई छलफल र बहस गर्न पनि गर्नु पर्छ । उस्तै प्रकृतिका संस्थाहरुसँग सहकार्य गर्न सक्यो भने स्वभाविक रुपमा स्थानीय हाम्रो आर्थिक गतिविधि र संगठनिक संरचनामा परिर्वतन आउँछ’ उनले भने ।
बुटवललाई पर्यटनको विकास संग जोड्न सकेमा पनि बुटवलमा आर्थिक चलायन मान बढ्ने अर्याल बताउँछन् । त्यसैले पर्यटकिय गतिविधि बढाउन स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकार संग आफुले पहल कदमी गर्ने उनले बताए ।

‘बुटवलको बजार अहिले जे भइरहेको छ त्यसैबाट मात्रै आर्थिक रुपमा थप चलायमान गराउन पक्कै पनि सकिदैन । यहाँ अहिले केही नयाँ नयाँ सम्भावनाका ढोकाहरु देखिएका छन । खास गरी पछिल्लो समयमा बुटवलको बसन्तपुर केवलकार संचालनमा आइसकेको छ । बुटवल नुवाकोटको केवलकार संचालनको संघारमा छ । बसन्तपुर र नुवाकोटको हिल स्टेशनलाई हामीले ल्याउन सकियो भने देशभरका मान्छे पर्यटकीय गन्तव्यको रुपमा बुटवलाई सम्झने र यहाँ आउँदा यहाँको आवागमन गतिविधि बढ्दै जाँदा पक्कै पनि आर्थिक चलायमान बढ्नेछ । त्यसका आफ्नो प्यानलको तर्फबाट सहकार्य र पहल गर्ने काम हुनेछ’ उनले भने ।

साथै उनले घरदैलोको कार्यक्रममा व्यवसायीहरुले दिएका सुझावहरुलाई समष्टिगत गर्दै समधानका लागि पहल गर्ने समेत बताए । घरदैलोको क्रममा व्यापारीहरुबाट सटर भाडा, कर, सम्पत्ती कर लगाएतका विषयमा धेरै गुनासो आएको भन्दै यी समस्याको समधान आफ्नो प्यानलले गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

अर्याल प्यानलका थप प्रतिबद्धताहरु यस्ता छन्

१. बुटवल उपमहानगरपालिकासँगको सहकार्य
क. मुख्य बजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई उपमहानगर, बार्ड समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्ने ।
ख. बुटबलको घट्दो व्यापारलाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले लिँदै आएको व्यबसाथ करको दर घटाउन प्रयत्न गर्ने । यसरी घटाउँदा कम हुन आउने रकम उपमहानगरभित्र व्यवसाय करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा ल्याई नियमित स्रोतको सुनिश्चितताको प्रयत्न गर्ने ।
ग. सहरी सौन्दर्यका लागि बजार क्षेत्र भित्रका कालोपत्रे सडकहरूमा जेब्राक्रसिङ, सडकको सेन्टर लाइनमा एल्लो लाइन लगाई सड़क शृशर गराई आकर्षक बनाउन प्रयत्न गर्ने ।
घ. २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण उपमहानगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने ।
ड. सडकमा देखिने छाडा चौपायाको व्यवस्थापनमा सहकार्य गर्ने, बुटवल उपमहानगर र बुटवल उद्योग वाणिज्य सङ्घ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सहसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने ।
२. कर तथा राजस्व सम्बन्धमा
क. संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गने, छोटो दुरी र एउटा निश्चित रकमसम्मको मालवस्तुको खरिद विक्रीमा विलसँगै ख्ऋत्क् गर्ने पर्ने बाध्यात्मक व्यवस्थाको सहजीकरणको तत्काल प्रयत्न गर्ने ।
ख. कर, राजस्व र भन्सारका अधिकृतहरूसँग संघका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमाजानकारी गराउने ।
ग. एक दिन मात्र पनि ढिला हुँदा शतप्रतिशत जरिवाना लिने सरकारी प्रबन्धको संशोधनका लागि पहल र प्रयन गर्ने ।
३. तत्काल मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने र उच्च तहको सर्वपक्षीय भेला बोलाउने ।
४. अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासङ्गमार्फत प्रयत्न गर्ने ।
५. उद्योग र व्यापार क्षेत्रका विशिष्टीकृत समस्याको पहिचान र निधानका लागि सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवाला व्यवसायी विच नियमितः अन्तक्र्रियात्मक कार्यक्रम गर्ने ।
६. पछि तीन वर्ष यताको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ विमा प्राधिकरण र अर्थमन्त्रालयविच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्ने ।
७. भन्सार कार्यालयहरुबाट रु. १००÷– भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महसुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने ।
८. विद्युतको ३ फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र क्रोनिक बनेको ट्रंकलाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्न गर्ने ।
९. सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर केबुलकार र सञ्चालनको संघारमा रहेको बुटवल नुवाकोट केबुलकार सञ्चालनले नेपालको आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा बुटवललाई स्थापित गराउन देशभर रहेका जिल्ला नगर उद्योग वाणिज्य संघहरूमार्फत बुटवल जाऔँ अभियान सञ्चालनमा साथ दिन आव्हान गर्ने ।
१०. लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट राप्ती उपत्यकामा स्थान्तरण भएता पनि प्रदेश सरकारका महत्वपूर्ण विभाग तथा निर्देशनालय स्थापना गर्न पहल प्रयत्न गर्ने ।
११. बुटवल बजार क्षेत्रभित्रका व्यवसायीहरूको ढुवानीका कारण उत्पन्न समस्याको सहजीकरण गर्न प्रयत्न गर्ने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित