श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

अर्याल नेतृत्वको प्यानल घरदैलोमा: समावेशी टिमलाई जिताउने व्यवसायीको प्रतिबद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनको उद्घाटन सत्र सकिएपछि उम्मेदवारहरू घरदैलोमा जुटेका छन । हरिप्रसाद अर्याल नेतृत्वको टिम व्यवसायीहरूसँग भेटघाट गर्दै मतदाताको घर तथा व्यवसायिक प्रतिष्ठान पुगेका छन् । संघको नयाँ नेतृत्वको लागि चुनाव हुने निश्चित भएपछि प्रचार प्रसार तीब्र बनेको छ । अर्याल प्यानलले ‘समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रक्रियामा सबैको सहभागिता, नेतृत्वमा समावेशीता’ नारा अघि सारेको छ ।
व्यवसायीहरूको घरदैलोमा पुग्दा यो पटक हरिप्रसाद अर्याल नेतृत्व टिमलाई बुटवल उद्योग वाणिज्य संघमा पु¥याउने मतदाताहरूले बताएको उद्योग उपाध्यक्ष पदका उम्मेदवार सुरज भट्टराईले जानकारी दिए । अर्याल नेतृत्वको प्यानल सबै हिसाबबाट समावेशी रहेकोले व्यवसायीका समस्याहरूलाई समाधान गर्न तत्पर भएर लाग्नेमा व्यवसायी आशावादी देखिएको उम्मेदवार भट्टराई जानकारी दिए । घरदैलो कार्यक्रममा बोल्दै अर्यालले र्गिदो आर्थिक अवस्थालाई चलाएमान गराउँदै पुरानै अवस्थामा आफूहरूले ल्याउन अर्यालले व्यवसायीसामु प्रतिबद्धता जनाए ।
अर्याल नेतृत्व टिमले शुक्रबार राजमार्ग चौराहादेखि, अस्पताललाईसम्मका व्यवसायीसँग भेटघाट र घरदैलो गर्दै आफूहरूलाई मत दिन आग्रह गरेका छन् । बुटवललाई लामो समयदेखि बुझेको र आगामी दिनमा पनि बुटवल उवासंघलाई गतिशील दिसामा लाग्न सक्ने अत्यन्त अनुभवी र दुरदर्शिता टीम देखिएको छ ।
अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी छन । यो टिमले ११ बँुदे प्राथमितकता र प्रतिबद्धता अघि सारेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित