लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

बुटवल । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम स्थापना भएको छ । सद्धार्थ इन्टरकन्टिनेन्टल प्रालिको बुटवल कालिकानगरमा शोरुम शुभारम्भ गरिएको हो ।

शुक्रबार शोरुमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा विद्युतीय सवारी साधानको संभावना उच्च रहेको भन्दै प्रदुषण नियन्त्रणको लागि फोटनको ईलेक्ट्रीकल गाडीको विशेष भूमिका रहने बताए ।

उनले बुटवल उपमहानरपालिकाले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका थिए । फोटोनको एसीया कन्ट्री म्यानेजर ज्याकले विद्युतीय सवारी साधानको भविश्य उच्च रहेको बताएका थिए ।

फोटोनको नेपाल डिलर एमएडब्लु वृद्धिका सीईयो तुषार गुप्ताले चीनमा सरकार र नीजि कम्पनीको लगानीमा निर्माण भएको फोटोन गाडीको भविश्य नेपाल सहितका विभिन्न देशका उच्च रहेको बताएका थिए ।

कार्यक्रममा सिद्धार्थ ग्रुपमा अध्यक्ष दिनेश अमात्य, डाईरेक्टर सोबिन भारी, म्यानेजर प्रबिन भारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

बुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली एक मात्रै आधिकारित डिलर हो । नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम १’ लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।

नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ । नयाँ शोरुमबाट गाडी किन्दा ग्राहकले फेस्टिवल अफरको समेत फाइदा लिन सक्नेछन् ।

दशैं तिहारलाई लक्षित गरी कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको छ । सो योजनामा ग्राहकले गाडी वुकिङ गर्दा एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित