३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

रूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक पर्ने स्रोतको व्यवस्थापन आफ्नो दायित्व भएको बताए ।

मतदातासंग कुरा गर्दै उनले भने, “तपाईंहरूले जिताउँनुभयो भने एउटा सांसदको रूपमा मैले गर्नुपर्ने दायित्वबोध मलाई छ । यहाँको विकास स्थानीय सरकार मार्फत नै हुने हो तर त्यसलाई स्रोतको जोहो गर्ने काम मेरो हुनेछ र त्यो भुमिका मैले पूरा गर्नेछु ।” व्यक्ति शक्तिशाली हुने, व्यक्ति मोटाउने र व्यक्तिले शासन गर्ने प्रणालीको अन्त्य गर्दै देशको संविधान, ऎन कानुन र स्थानीयतहमा आउँदा यहाँका सामाजिक संघसंस्था, आमासमूह, क्लबहरू शक्तिशाली हुनुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, “लोकतन्त्रमा जनताहरू बलिया हुनुपर्छ, जनताले बनाएका संघसंस्थाहरू बलिया हुनुपर्छ र देशमा विधिको शासन हुनुपर्छ ।” यसैबिच रुपन्देही १(१) का उम्मेदवार विश्वनाथ यादवले युवाहरूलाई उत्पादनमा जोड्ने बताएका छन् । देवदह १२ मा घरदैलो पछिको कोणसभालाई सम्बोधन गर्दै नेता यादवले युवालाई उत्पादन सङ्ग जोडेर समग्र क्षेत्रको आर्थिक स्तरोन्नति गरिने यादवले बताए।

उत्पादन सङ्ग विकास जोडिएकोले कृषि ,कलकारखाना लगायतका क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गरिने यादवको भनाई थियो। त्यसैगरी रुपन्देही १ (२) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनको जीत भए क्षेत्रको विकासमा सहज हुने बताए । आफ्नो लक्ष यस क्षेत्रको समग्र विकास र समृद्धि भएको उल्लेख गर्दै नेता रज्जाकले पुराना आयोजनाको पुर्णता र रणनीतिक महत्वका नयाँ योजनाको सुरूवात गरिने बताए ।

घरदैलोमा नेता भुसाल र रज्जाकलाई साधु, सन्तले आशीर्वाद सहित विजयको शुभकामना दिएका थिए । गठबन्धनको घरदैलो अभियान अन्तर्गत बिहीवार तिलोत्तमाका १५,१६ र १७ तथा देवदह-१२ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए। रुपन्देही-१ मा देवदह, रोहिणी, ओमसतिया र तिलोत्तमा गरि जम्मा ३३ वटा वडा रहेका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित