रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको आजबाट

बुटवल । यस क्षेत्रकै पुरानो व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशनको आजबाट सुरु हुँदैछ ।

संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आजदेखि यहि असोज २२ गतेसम्म बुटवलमा हुँदै छ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने साधारण सभा तथा अधिवेशनमा प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन कार्यसमिति बैठकबाट पारित भईसकेको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा उत्कृष्ट उद्योगी व्यवसायीलाई सम्मान गरिने छ भने संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

साधारण सभा तथा अधिवेशनको लागि कार्यसमिति सदस्य संयोजक रहेका विभिन्न समिति गठन गरी तयारीका काम गरिएको थियो । ती समिति मातहत हुने तयारीका सबै काम पुरा भएको संघले जनाएको छ ।

अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।

साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रेजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खना तथा जलपानमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको थियो ।

त्यस्तैगरी संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित