काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

बुटवल उद्योग वाणिज्य संघ : दिनेशप्रसाद श्रेष्ठ प्यानलको बुटवलमा घरदैलो

भोलिदेखि शुरु हुने बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औँ वार्षिक साधारण तथा २५ औँ अधिवेशनको तयारी तिब्र पारिएको छ ।

उम्मेदबारले घरदैलो समेत गरिरहेका छन् । संघको अध्यक्षका लागि दिनेशप्रसाद श्रेष्ठको प्यानलले आज बुटवलमा घरदैलो गरेको छ । श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसेन लगायत सदस्यहरुले घरदैलो गरेर भोट मागेका छन् ।

घरदैलोमा पूर्व अध्यक्षहरु सबैको सहभागिता रहेको थियो । श्रेष्ठको प्यानलमा पुर्वअध्यक्षहरु जीवन ओझा,निर्मल लाकौल ,नवराज श्रेष्ठ,अर्जुनमान सैँजू,सुरेन्द्र श्रेष्ठ,महेशमान सिंह, सुरेन्द्र श्रेष्ठ, खेम हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजु लगायतको साथ देखिएको छ । संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् ।

संघको चुनाब २२ गते हुनेछ ।अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले बुटवल शहरलाई मुलुककै अन्य क्षेत्रिय शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बजार बनाउने पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरि जागरण ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले घरदैलोको क्रममा भेटिनुभएका उद्योगी ब्यबसायीको साथले हौसला थपेको उल्लेख गरे ।

श्रेष्ठले ब्यावसायिक हकहित र शान्ति सुरक्षाको लागि पहल गर्ने, सामरिक, पर्यटकीय, उद्यानहरुको प्रवद्र्धन हुने गरी भूमिका खेल्ने, ब्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, कर, राजश्व र भन्सारको समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्यको पहल गर्ने, बैक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्ने, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग पहल गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

श्रेष्ठसंगै अध्यक्षमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहेका हरि अर्यालले उम्मेदवारी घोषणा गरेका  छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित