रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

राममणिमा रक्तदान तथा मधुमेह परीक्षण

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवम् मधुमेह परीक्षण कार्यक्रमसम्पन्न भएको छ । आज (बिहीबार) रोट्रयाक्ट क्लब अफ राममणि क्याम्पस एवम् लायन्स क्लब अफ तिलोत्तमाको संयुक्त आयोजना र विद्यार्थी परामर्श समिति राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।

रोट्रयाक्ट क्लब अफ राममणिका अध्यक्ष मदन न्यौपाने र लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष खेमराज ढकालको संयुक्त अध्यक्षता तथा लायन्स इण्टरनेशनल ३२५ का डिष्ट्रिक्ट गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, रोट्रयाक्ट वर्ष २०२४–२५ का डी.आर.आर. विक्रम क्षेत्री, विद्यार्थी परामर्श समितिका संयोजक भिमलाल घिमिरे लगायतले कार्यक्रममा बोलेका थिए ।

रोट्रयाक्ट क्लब अफ राममणिका सचिव साक्षी तिवारीको सञ्चालनमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए भने ३६ जनाको मधुमेह परीक्षण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित