श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिईएको छ । सन् २०२६ सम्ममा अल्पविकसित देशबाट पार गरेर सन् २०३० सम्ममा उच्च मध्यम आय भएको देश बन्ने लक्ष्य लिईएको हो ।

व्रिटिस एम्बेसीले व्रिटिस सरकारको ओभरसिज प्रोजेक्ट अन्तरगत नेपालमा ग्रिन ग्रोथ नेपाल परियोजना सुरु गर्ने तयारी गरेको छ ।

त्यस विषयमा मंगलबार बुटवल उद्योग वाणिज्य संघमा भएको छलफलमा ब्रिटिस एम्बेसी काठमाण्डौ इकोनोमिक डेभलपमेन्ट ग्रिन ग्रोथ ग्रुपका टिम लिडर रिचर्ड चैङले नेपालमा बेलायतको विकास प्राथमिकता नेपाल सरकारका प्राथमिकतासँग मिल्दोजुल्दो रहेको र उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य हासिल गर्न नेपालले थप आर्थिक रूपान्तरण गर्न तुलनात्मक लाभबाट प्रेरित रहेको बताए ।

उनले यो परियोजनाले हरित ऊर्जा, उद्योग र सेवाहरूमा लगानी मार्फत कम कार्बन वृद्धि पछ्याउने अवसर प्रदान गर्ने बताए ।

अवको करिव १ वर्षमा नेपालमा यो परियोजना सुरु हुने र त्यस अन्तरगत लुम्बिनी सहित मधेश प्रदेश र कर्णाली प्रदेशमा कार्यक्रम सञ्चालन गरिने उनले जानाकारी गराए । वार्षिक कुल हरितगृह ग्यास उत्सर्जन थोरै छ तर नेपाललाई हरित विकासको बाटोमा पु¥याउन अहिले लगानी नगरिएमा सन् २०५० सम्ममा तीन गुणा हुने प्रक्षेपण गरिएको छ ।

नेपालले हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ, हरित पूर्वाधार र व्यवसाय विस्तार गर्न एफडीआई र जलवायु वित्तको ठूलो स्तरलाई प्रोत्साहन गर्न र जलवायु–अनुकूल पूर्वाधार र शहरी योजना विकास गर्न ग्रीन ग्रोथ नेपालले नेपाल सरकारलाई मद्दत गर्ने पनि उनले बताए ।

त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपालमा उद्योग क्षेत्रमा सम्भावना भएपनि राम्रो वातावरण नहुँदा उद्योगी व्यवसायी निरुत्सायित भएको बताए ।

उनले उद्योगी व्यवसायीलाई उत्साहित गर्नको लागि संघमै कोशेली घर सञ्चालन गरिएको र विजनेश डेभलपमेन्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । उनले बुटवलको पुराना बजार बटौली बजारलाई पुनः चलायमान बनाउनको लागि पर्यटकीय गन्तव्य बनाउन चाहेको पनि जानकारी गराए । अध्यक्ष कसजूले यो परियोजना सफल बनाउनको लागि संघको तर्फबाट पूर्ण सहयोग रहने र सहकार्यको लागि समेत तयार रहेको जानकारी दिए ।

त्यस्तै ग्रिन ग्रोथ नेपालकी सल्लाहकार सविता थापाले यो परियोजनाले विजनेस ग्रोथ गर्न फेसिलेट गर्ने, आफै लगानी गर्न नसक्नेलाई इन्भेटमेन्टको खोजी गर्न सहयोग गर्ने र अरु थप के गर्न सकिन्छ त्यस विषयमा पनि अध्ययन भईरहेको जानकारी दिए।

छलफलमा ग्रीन ग्रोथ नेपालका कन्सल्टेन्टहरु, संघका पदाधिकारी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । त्यस्तै यो टोलीले संघले सञ्चालन गरेको कोशेली घरको समेत अवलोकन गरेको थियो ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित