मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा सार्ने कार्यमा संग्लन सबैलाई कारबाही हुनुपर्छ : सांसद घिमिरे

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारवाहीको दायरमा ल्याउन सरकासँग माग गरेका छन् ।

मंगलबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनमा समेत आइसकेपछि व्यक्तिको नाममा सारिनु अत्यन्त गम्भीर विषय भएको बताए ।

विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोत कार्यालयले मुआब्जा वितरण समितिका संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग कुनै परामर्श नलिएको पाइएकोले यसमा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने उनले उल्लेख गरे । ‘हदबन्दीमा परेको जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता नरहेकोमा भूमाफियाको योजनामा मालपोत कार्यालयले व्यक्तिको नाममा सारिदिएको बुझ्न सकिन्छ’, सांसद घिमिरेले भने ।

व्यक्तिको नाममा सारिएको सो जग्गा पूर्ववतः अवस्थामा फर्काईं यस्तो चलखेलमा संग्लन सबैलाई कारवाहीको दायरमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सांसद घिमिरेले २०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको जग्गा एकाएक व्यक्तिको नाममा सारिँदा स्थानीयस्तरमा आक्रोश समेत बढेको बताए ।
भू—माफिया र मालपोत कार्यालयका कर्मचारीहरुको मिलेमतोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने ४ बिघा १७ कट्ठा ६ धुर जग्गा गत वैशाखमा व्यक्तिका नाममा सारिएको विषय नेपाल प्रेसले असोज ११ गते सार्वजनिक गरेको थियो ।

लालपूर्जा पाएपछि आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दाबी गर्दै ९ करोड बढी मुआब्जाका लागि व्यक्तिको तर्फबाट विमानस्थल आयोजना कार्यालयमा निवेदन परेपछि यो घटना सार्वजनिक भएको हो । मुआब्जा वितरण समितिले सो जग्गाको मुआब्जा दिन नसकिने निर्णय गरिसकेको छ ।

सेटिङ्गमा हुने अवैध आयात रोक्न सरकारको ध्यानाकर्षण

यसैबीच प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले भारतीय सीमा नाकाबाट सेटिङ्गमा हुने अवैध आयात रोक्न सरकारको ध्यानाकर्षण गराए । मंगलबार संसद बैठकको विशेष समयमा बोल्दै उनले व्यापारीको मिलेमतो र सेटिङ्गमा हुने अवैध आयातलाई रोक्न सरकारसँग माग गरे ।

‘एकातिर सर्वसाधारण जनतालाई एक सय रुपैंयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार गर्न लगाउने अर्कोतर्फ लाखौं मूल्यका सामान विनाभन्सार नेपाल भित्राउने गिरोहलाई रोक्न नसक्ने प्रवृत्तिले न राजस्वमा वृद्धि हुन्छ, न उपभोक्तालाई राहत नैं’ सांसद घिमिरेले भने, ‘यसर्थ सेटिङ्गमा हुने अवैध आयातमा रोक्न गर्न म सभामुखज्यूमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

केही समयदेखि भारतीय सीमावर्ती बजारबाट सर्वसाधारण उपभोक्ताले एक सय रुपैंयाँभन्दा बढीका सामान भन्सारविना नेपाल ल्याउन पाउँदैनन् । नेपालको आन्तरिक व्यापार व्यवसाय प्रवद्र्धनको लागि यो नियमलाई नकारात्मक भन्न मिल्ने अवस्था नरहे पनि यो नियमपछि सीमा नाकामा सेटिङ्गमा हुने अवैध आयात बढेको जानकारहरु बताउँछन् ।

सांसद घिमिरेले भारत तर्फबाट क्यारिङ्गको नाममा हुने सेटिङ्गमा ठूलो परिमाणका सामान भन्सारविना नेपाल आउने गरेका उल्लेख गरे । यसमा भन्सार कार्यालयका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको बुझ्न कठिन नरहेको बताउँदै उनले अचेल भारतीय बजारमा नेपालीहरुले सामान खरिद गरेपछि त्यसलाई खरिदकर्ताको घर घरसम्म पुर्याउने गिरोह सक्रिय भएको पाइएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित