श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ ।

सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे।

बुटवलकाे कालिका मानवज्ञान माध्यमिक बिध्यालयकाे मुख्य प्रवेशद्वार भन्दा केहि उत्तर तर्फकाे सडक किनारकाे हरियाली क्षेत्रमा उक्त शालिक निर्माण गरिएको छ।

बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेकाे पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहकाे महत्त्वपूर्ण याेगदान रहेकाे भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन्।

शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियाेजन गरेकाे गत बर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका राप्रपा नेता समेत रहेका रुपसिंह थापाले बताए।

थापाका अनुसार शाहकाे उक्त शालिक पुष २७ गते पृथ्वी जयन्तीको दिन अनावरण गरिनेछ। ढलाेटबाट निर्माण गरिएको शाहकाे पुर्ण कदकाे उक्त शालिक ७ फुटकाे रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित