रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पशुपालनबाट बढि लाभ लिन पशु आहार सुधार गर्नको लागि नेदल्याण्डका बिज्ञको सुझाव

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरुलाई तालिम संचालन गरेको छ ।

नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर शैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको होे । गाई पालन गर्दा आउने समस्या, पशु आहार, गोबरबाट गाईको अवस्था थाहा पाउने तरिका , खुट्टाको खुरबाट आउने समस्या, खुर काट्ने तरिका र तौल मापनसँगै रोग पत्ता लगाउने तरिकाको विषयमा प्रयोगात्मक तालिम संचालन गरिएको हो ।

पोम नेदरल्याण्डका पशु विशेषज्ञ ब्रेण्ड जन स्टोईलले कृषक पशुपालन ब्यवसायबाट बढि लाभ लिनको लागि हरियो घासँको प्रयोगमा जोड दिए । कार्यक्रमको सहजिकरण समेत गरेका उनले गाईलाई रोग लाग्नु भन्दा अघि देखाउने लक्षण र समस्या सामाधानका उपायका बारेमा शैद्धान्तिक ज्ञान प्रदान गरेका थिए ।

गाईको गोबरको अवस्था हेरेर गाईको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने बताउँदै उनले पशु आहारमा सुधार गर्न सके किसानले बढि लाभ लिन सक्ने सुनाए ।

तिलोत्तमामा विगत १० वर्षदेखि ब्यवसायीक पशुपालन गर्दै आएका किसान तथा उत्तम साईलेज उद्योगका संचालक भेषराज पाण्डेयले पशुपालन किसानलाई लाभ मिल्ने गरी अति आवश्यक पर्ने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको जानकारी दिए ।

तालिमले ब्यवसायीक रुपमा पशुपालन सम्बन्धि धारणामा परिबर्तन आएको बताउँदै उनले पशुपालन गर्दा संरचना निर्माणलाई भन्दा आहार ब्यवस्थापनलाई जोड दिँदै हरियो घासँको आहारलाई प्रोत्साहित गरिनु पर्ने बताए ।

हरियो घाँसको प्रयोगले दूध उत्पादनमा बृद्धि हुँदा किसानलाई प्रत्यक्ष रुपमा फाईदा मिल्ने उनले सुनाए । पराल, गहुँको भुस वा दानाको प्रयोगको सट्टा हरियो घासँलाई मिलाएर पशुको आहारा बनाउन सके दुधको उत्पादनमा बृद्धि गर्न सकिने पाण्डेयको भनाई छ।

हरियो घासँको प्रयोगले किसानको लागतमा कमी आउने मात्र नभई गाईभैसीलाई पनि फाईदा मिल्ने बिज्ञबाट शुझाँब आएको उनले सुनाए ।

उन्नत एग्रो पार्मका सहसंचालक रुपेश पाण्डेयले नेदरल्याण्डमा गरीने ब्यवसायीक गाईपालनको अध्ययन गरेको र त्यहाँ सिकेको सीपलाई सोही अनुसार किसानलाई प्रोत्साहन गर्नको लागि तालिम संचालन गरिएको जानकारी दिए ।

१५ दिनसम्म नेदल्याण्डमा गएर गाईपालनको अध्ययन गरेको र त्यहाँका पशुबिज्ञबाट कृषकहरुलाई प्रत्यक्ष लाभमिल्ने गरी तालिम संचालन गरीएको बताए ।

३ दिने कार्यशालामा आईतबार शैद्धान्तिक र सोमबार र मंगलबार प्रयोगात्मक तालिम संचालन गरिनेछ । तालिमबाट तिलोत्तमाका २० जना ब्यवसायीक पशुपालक किसानहरु लाभान्वित भएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित