रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द

लुम्बिनी केबलकारको सेवा  आज देखि तीन दिनसम्म बन्द हुने भएको छ ।

केबलकारको नियमित मर्मत सम्भारका लागि  आज देखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।

केबलकारमा कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रक्रिया अन्तर्गत पहिलो पटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको सैजूले बताए । यो केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको हो,जुन विश्वमै सवैभन्दा सुरक्षित र अत्याधुनिक प्रविधियुक्त मानिन्छ ।

तीन दिन सेवा बन्द हुँदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रूपमा सञ्चालनमा आउने अपरेसन म्यानेजर सैजूले जानकारी दिए ।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित