श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द

लुम्बिनी केबलकारको सेवा  आज देखि तीन दिनसम्म बन्द हुने भएको छ ।

केबलकारको नियमित मर्मत सम्भारका लागि  आज देखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।

केबलकारमा कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रक्रिया अन्तर्गत पहिलो पटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको सैजूले बताए । यो केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको हो,जुन विश्वमै सवैभन्दा सुरक्षित र अत्याधुनिक प्रविधियुक्त मानिन्छ ।

तीन दिन सेवा बन्द हुँदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रूपमा सञ्चालनमा आउने अपरेसन म्यानेजर सैजूले जानकारी दिए ।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित