रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

सियारीका अतिविपन्न १४ परिवारलाई घर

रुपन्देहीको सियारी गाउँलिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्त्रण समेत गरेको छ ।

सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण गरिएको आवासलाई सम्बन्धीत परिवारलाई हस्तानत्रण गरिएको हो ।

गाँउपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक बडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।

पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रुपैया र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैया सहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाको लागत सहभागितामा घर निर्माण गरिएको हो ।

पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासलाई सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धीत वडाका वडा अध्यक्षले सम्बन्धीत घरधनीलाई घर हस्तान्त्रण गरे।

उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा, एउटा सानो व्रन्डा र सौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुईने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि शुसीले दङ्ग परेका छन् ।

सियारी ५ की चन्मति थारुले पक्की घर पाएपछि आफुहरुलाई बस्न, बालबच्चालाई पढाउन निर्क सहज भएको उल्लेख गर्दै गाउँपालिकालाई धन्यवाद दिईन । उनले यस अघि आफुहरु माटो गारो र खपटाको चुईने छतमुनि बसेर गुजारा चलाउदै आएको बताईन् ।

सियारी गाँउपालिकाले निर्माण गरी हस्तान्त्रण गरेका ती घरलाई पालिकाको सहमतिविना बिक्रि बितरण गर्न नमिल्ने गरी आबश्यक कार्यबिधि बनाउन लागिएको गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

उनले अति विपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई बित्रि बितरण गर्न दिए अनुदानको दुरुपयोग हुने हुँदा यसलाई बिक्रि वितरणमा रोक लगाउने गरी कार्यबिधि बनाउन लागिएको बताए ।

सियारीले नयाँ जनप्रतिनिधि आएपछि शुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक बर्षमा निरन्तरता दिने गरी बजेटको बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन ।

उनले गास, बास र कपासको अभाव भएका अति विपन्न परिवारलाई आवास तयार गरी हस्तान्त्रण गरिएको बताउदै शंरक्षणमा ध्यान दिन आग्रह गरिन ।

जनताको नजिकको सरकारको रुपमा रहेका स्थानिय पालिकाहरुले यस्तै खालको जनताले अपनत्व पाउने खालका कार्यक्रममा जोड दिनु पर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमले सरकार र नागरिक वीचको सम्बन्ध थप बलियो बन्न टेवा पुग्ने समेत देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित