‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

प्रदेशको भागबण्डा टुंगाउन लुम्बिनीका मुख्यमन्त्री काठमाडौं जाँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी काठमाडौं आज काठमाण्डाै जाँदैछन् ।

मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरेपनि पार्टी भित्रैबाट मन्त्रालय टुक्राउन नहुने दवाव बढेपछि त्यसैको अन्तिम निर्णय लिन भन्दै मुख्यमन्त्री चौधरी आज काठमाडौं जान लागेका हुन ।

‘हिजो नै काठमाडौं जाने तयारी थियो । तर नेपालगञ्जमा कार्यक्रम भएकाले सम्भव भएन । उहां आज काठमाडौं जाँदै हुनुहुन्छ’ मुख्यमन्त्री सचिबालयले भन्यो ।

मन्त्रालय नफुटाउन कांग्रेसले एकातिर दबाब दिइरहँदा अर्कोतिर माओवादी केन्द्रले दीपेन्द्र पुनलाई मन्त्री बनाउन मुख्यमन्त्रीसामु दबाब दिइरहेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको हालै बसेको बैठकले मन्त्रालय विभाजन नगर्न निर्देशन दिएको थियो । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिं पुनले माओवादीले मन्त्रीको सूचीमा पठाएका सांसद दीपेन्द्र पुनको विषयमा असन्तुष्टि जाहेर गरेका छन् ।

स्वतन्त्र रूपमा गठबन्धन दलका विरुद्ध चुनावी मैदानमा गएर पछि माओवादीमा फर्केका दीपेन्द्र पुनको विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । तर मुख्यमन्त्री चौधरीले माओवादीसँग पुनको साटो अर्को सांसदको नाम माग्न पनि सकेका छैनन् ।
माओवादीले जसरी पनि पुनलाई मन्त्री बनाउनुपर्ने दवाव दिइरहेको छ ।

माओवादी संसदीय दलका नेता जोग बहादुर महाराले दीपेन्द्रको विषयमा कांग्रेसको पार्टी सभापतिले भनेर नहुने बताए । उनले भने, ‘दीपेन्द्रलाई हामीले सिफारिस गरेका हौँ, उहाँ मन्त्री बन्नुपर्छ ।’

विगतमा सत्तारुढ दलहरुको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका २ र नेपाली कांग्रेसका ३ मन्त्री थप्ने तयारी भए पनि मन्त्रालय विभाजन नगरी सरकार विस्तार गर्न अप्ठ्यारो भएको छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर अहिले ३ मन्त्रालयमात्र बाँकी रहेका कारण सरकार विस्तारमा समस्या देखिएको हो ।

अहिले लुम्बिनी प्रदेशमा माओवादीका एक जनामात्रै मन्त्री छन् भने नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना छन् । अन्य मन्त्री साना दलका हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको बताए ।

वैशाख १४ मा पद सम्हालेका मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

अन्य तीन वटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैँले सम्हाल्दै आएका छन् । माओवादी केन्द्रले पुन र केसीको नाम मन्त्रीका रुपमा पठाएको छ भने नेपाली कांग्रेसमा मन्त्री बन्नेको नाम अझै फाइनल भएको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित