रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पर्यटन दिवस : लुम्बिनीमा पर्यटकलाई भव्य स्वागत

लुम्बिनी ।   लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुले ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार बुद्वजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाइ स्वागत गरेको छ ।  कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरेका हुन ।
उक्त अवसरमा उपाध्यक्ष डा. लामाले लुम्बिनी  विश्व शान्तिको केन्द्र भएको बताउदै लुम्बिनि भ्रमणका लागि आह्वान गरे । उनले विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको  भ्रमण पहिलो केन्द्र बनाउन समेत आग्रह गरे । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपाले संयुक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाइएको हो ।

लुम्बिनी आएका पर्यटकलाई लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, कोषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई,  लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीयणण विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । लुम्बिनीमा पछिल्लो बर्ष पर्यटकहरू बढदै गएको सुचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राइले जानकारी दिए । उनले लुम्बिनी भ्रमणका लागि अब उपयुक्त मौसम शुरु भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि निम्तो दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित