श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पैगम्बरको जन्मदिनमा मदिना मदरसा द्वारा विभिन्न सामाजिक कार्यक्रम

बुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद बुटवल–५ ले इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्भको १४९८ औं शुभ जन्मदिवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

परिषदले रक्तदान, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दामा) आवश्यक जिन्सी सामान वितरण, बुटवल १ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण र मस्जितमा धार्मिक प्रवचन गरेको हो । परिषदले हरेक वर्ष पैगम्बरको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

मस्जितमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै मदिना मदरसा मस्जित प्रबन्ध परिषदका अध्यक्ष साकुर मियाले आगामी आउदो दिनमा एम्बुलेन्स र स्वास्थ्य सेवा सञ्चालन गर्ने आफ्नो सोच रहेको बताए । अध्यक्ष मियाले सामाजिक क्षेत्रमा परिष्द आउदा दिनमा पनि काम गर्दै जाने बताए ।


सो अवसरमा बुटवल वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले पैगम्बरको समाजसेवामा विचारलाई सबैले अनुशरण गर्न आवश्यक रहेको बताए । मानव समाजका विकृतिहरुलाई चिरेर समाजलाई सभ्य बनाउन सबैले काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले मुस्लिम समुदायलाई रक्तदान गर्ने चेतनाको विकास गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष चौहानले मधेशी र मुस्लिम समुदायमा अझै पनि रक्तदान गर्न डराउने गरेको बताउँदै रक्तदान नै सबैभन्दा ठूलो सामाजिक कार्य रहेको बताए । रक्तदानमा ५० पोइन्ट भन्दा बढी रगत संकलन भएको परिषदका सचिव सबर मियाले बताए ।

परिषदका संरक्षक जमाल मियाले सामाजिक कार्यलाई निरन्तरा दिन आग्रह गरे । मदिना मदरसा मस्जित प्रबन्ध परिषदका अध्यक्ष साकुर मियाको अध्यक्षता, परिषदका वरिष्ठ उपाध्यक्ष जलिउल्लाह मियाको स्वागत तथा सचिव सवर मियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित