श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवल उवासं मा प्रमुख जिल्ला अधिकारीलाई स्वागत, कर्मचारी तथा परामर्शदातालाई सम्मान

बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै संघमा कार्यरत कर्मचारी तथा परामर्शदाताहरुलाई सम्मान गरेको छ ।

सोमबार संघको सभाहलमा आयोजना गरिएको कोशेली घर उद्घाटन तथा मोटिभेसन कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत गरिएको हो भने संघमा कार्यरत कर्मचारी तथा परामर्शदातालाई सम्मान गरिएको हो ।

उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मायाँको चिनो प्रदान गरी सम्मान गरेका हुन । संघमा हाल ११ जना कर्मचारी छन् भने विषयगत रुपमा १० जना परामर्शदाता रहेको महासचिव बिमलराज भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित