रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नाट्टाको आयोजनामा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुँदै

बुटवल । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ ।

विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।

बुटवलको पुलचेकस्थित दुर्गामन्दिर परिसरमा आयोजना हुने महाआरती कार्यक्रम लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण हुने उनले बताइन् ।

कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्तक रहेको छ भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको छ ।

महाआरती कार्यक्रममा नेपालका आधिकारिक एवं ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभुषित “बालसन्त” मोहनशरण देवाचार्य महाराज।ीको आगमन हुने भएकाले उपस्थितिको लागि नाट्टाले सबैमा अनुरोध गरेको छ ।

नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ ।

अध्यक्ष पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताईन् ।

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक कार्यहरुले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने बिश्वासका साथ सन्ध्याकालिन आरती आयोजना गर्न लागिएको उनले बताईन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित