‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

राष्ट्रिय जनमोर्चाको सदस्यता अभियान शुरु

 

बुटवल । राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान सञ्चालन गरेको छ । गत असोज १ गतेबाट राष्ट्रिय जनमोर्चाले देशभर सदस्यता वितरण अभियान सञ्चालन गरेको हो ।

पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीमा पनि आइतबारदेखि सदस्यता अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीले बताए आइतबार ९० वर्षीय शान्ताकुमारी पोखरेललाई सदस्यता दिएर बुटवलमा सदस्यता अभियान सुरु गरिएको हो ।

राष्ट्रिय जनमोर्चा बुटवल नगर अध्यक्ष पदम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना सदस्याता अभियान कार्यक्रम प्रारम्भ गरिएको हो । पार्टीलाई मजबुत बनाउन सदस्यता वितरण अभियानको शुभारम्भमा बयोवृद्व आमालाई सदस्यता प्रदान गरिएको नगर अध्यक्ष पदम श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा बोल्दै कम्युनिष्ट संग्रालयका अध्यक्ष तथा वामपन्थी नेता चेतनाथ आचार्यले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी रुपान्त्रण गर्ने उद्वेश्यले सदस्यता अभियान देशभर सञ्चालन गरिएको बताए ।

पार्टीले सञ्चालन गरेको तीन ऐतिहांसिक कार्यक्रम सफल बनाउन सदस्यता वितरण अभियानले सहयोग पुराउन आग्रह गर्दै उनले भने – जनताको घरदैलोमा पुगेर राष्ट्रिय जनमोर्चाको सदस्यता वितरण गरिने छ ।

तीन ऐतिहासिक अभियान सफल पारौ, कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान सञ्चालन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित