जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ

बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्ये ३० जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी भागेका ३० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।

पक्राउ परेका उनिहरुलाई पुनः बाल सुधार गृह मै पठाइएको उनले बताए। गएराति झडप हुँदा एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको डिएसपी डाँगीले जानकारी दिए। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडपका क्रममा बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित