जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

राधाकृष्ण मन्दिरमा शनिबार देखि महायज्ञ

बुटवल । बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्घिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा शनिबारदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले हिन्दु धर्मको उदगम भूमिको पहिचान बनाएको नेपालमा संस्कार, संस्कृति जगाउन जरुरी रहेको बताए । चपरामा कुम्भमेला लगाउने विषयमा शासास्त्रबाट अगुवाई गरेका जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट सत्संग हुने उनले बताए । नेपालका प्रथम जगतगुरु जसले नेपालमा कुम्भ मेला चलाएको उनले बताए ।

धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिदै उनले यसका लागि धर्मको शिक्षा लिने रुपमा प्रवचनसंगै संत्संग कार्यक्रम हुने बताए । दैनिक २–५ बजेसम्म कार्यक्रम हुने उनले बताए । यसैगरी भागवात प्रवचक डा यादवशरण गर्तौलाबाट भागवात प्रवचन हुने र देशभित्र मात्र नभई भारतबाट समेत धेरै सन्त मन्तहरुको उपस्थिति रहने उनले बताए ।

जगतगुरु कुनै एउटा सम्प्रदाय नभई सबैको साझा भएको उनले बताए । धर्मसंस्कृतिको संरक्षणसंगै मन्दिरको आर्थिक अवस्थालाई सहज हुने गरि महायज्ञ चलाउन लागिएको उनले बताए ।

मन्दिरको जग्गा र आफ्नै गुठी नहुदा पनि मन्दिर ब्यवस्थापनमा समस्या रहेको छ । बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको उनले बताए । कार्यक्रममा भागवात प्रवचक डा यादवशरण गर्तौलाले भदौको शुक्ल पक्ष सबैभन्दा धेरै चाडपर्व पर्ने समय भएको भन्दै यो समयमा भागवात सप्ताह श्रवण धेरै राम्रो हुने बताए ।

गाईको दूध, बगैचाको फुल, विद्या, कुवाको पानी र सम्पत्ति जति दान गर्दा पनि नघट्ने भन्दै दान पुण्य कर्म भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले वडामा रहेका धार्मिक, पर्यटकिय स्थलको संरक्षणमा स्थानिय सरकारबाट निरन्तर सहयोग गर्दै आएको बताए । कार्यक्रममा मन्दिरका सचिव नवराज चापागाईले शनिबार बिहान कलश यात्रा र दिउँसो समुद्घाटन कार्यक्रम हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित