दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सञ्चालनमा आयो २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर (तस्वीरहरु)

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले बताए ।

नेपाली घरको एक कार्यक्रमका बीच जेष्ठ नागरिक भागिरथ भुसालले उद्घाटन गरे । त्यस्तै कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजु प्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रबद्र्धनमा सवै लाग्नुपर्ने बताए ।

नेपाली लुगा घर शुभारम्भको अवसरमा ३ दिन सम्म फुड फेस्टिवल र गजल सांझ पनि बुधबार देखि सुरु भएको छ । असोज ६ गते सम्म उद्घाटन समारोहमा भएको गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेको छ ।

साथै अक्सफोर्ड कलेज, दिप बोडिङ, एभरेष्ट बोडिङ, स्कलर्स होम बोडिङ स्कुल लगाएतका विद्यालयले फुड फेस्टिवल पनि कार्यक्रम स्थलमा राखेका छन् । नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताए ।
साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित