तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

सञ्चालनमा आयो २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर (तस्वीरहरु)

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले बताए ।

नेपाली घरको एक कार्यक्रमका बीच जेष्ठ नागरिक भागिरथ भुसालले उद्घाटन गरे । त्यस्तै कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजु प्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रबद्र्धनमा सवै लाग्नुपर्ने बताए ।

नेपाली लुगा घर शुभारम्भको अवसरमा ३ दिन सम्म फुड फेस्टिवल र गजल सांझ पनि बुधबार देखि सुरु भएको छ । असोज ६ गते सम्म उद्घाटन समारोहमा भएको गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेको छ ।

साथै अक्सफोर्ड कलेज, दिप बोडिङ, एभरेष्ट बोडिङ, स्कलर्स होम बोडिङ स्कुल लगाएतका विद्यालयले फुड फेस्टिवल पनि कार्यक्रम स्थलमा राखेका छन् । नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताए ।
साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित