श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

आर्थिक मन्दी र चरम महंगीले विदेश पलायन भए रामु गैह्रे

बुटवल ।
बुटवलका युवा व्यवसाय रामु गैह्रे विदेश पलायन भएका छन् ।

देशमा स्वरोजगार बन्दै अरुलाई समेत रोजगारी दिएका रामु अहिले आफै विदेश पलायन भएका हुन ।

बुटवलमा १५ बर्ष सम्म सामाजिक संघसंस्था, व्यवसाय एवं राजनीतिमा सक्रिय रामु विदेश पलायन भए संगै सवल र सक्षम भएका युवा पुस्ताहरुलाई पनि देशको आर्थिक मन्दी र चरम महंगीको प्रभावमा परेको स्पष्ट भएको छ ।

‘देशमा केही गर्नुपर्छ भन्ने लागेको थियो । मैले सामाजिक काममा समय विताउँदा पनि देशमै केही गरौ । भन्थे तर अहिले त्यस्तो परिस्थिती रहेन । नेपालमा बसेर लगानी गरेर अहिले बैंकको व्याज समेत तिर्न सक्ने अवस्था नभएपछि विदेश हिड्नुप¥र्यो’ उनले भने ।

स्याङजाको गल्याङ नगरपालिका–९ गेझा घर भई १५ वर्षदेखि बुटवल दीपनगरमा बस्दै आएका ३९ वर्षिय रामु जापान पुगेका छन् ।

राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीको सदस्य, नेपाल खेलकुद महासंघ रुपन्देहीको सदस्य, लायन्स क्लब बुटवल देउरालीको सदस्य, जागृति र सिद्धार्थ बहुउद्देश्यीय सहकारीका शेयरधनी अनि एक करोड लगानीको माउन्टेन कलेक्स फेन्सी पसलका मालिक रामु बुटवलमै जमेर व्यवसाय अनि राजनीति र सामाजिक संघ–संस्थाको नेतृत्व गर्दै समाज रुपान्तरण गर्नुपर्छ भन्ने मान्यतामै थिए ।

तर देशमा कोरोना पछि भएको आर्थिक मन्दिले आफु चल्नै नसक्ने अवस्थामा भएपछि विदेश पलायन हुनु परेको उनले बताए ।

जापानको टोकियो शहरको एक रेष्टुरेन्टमा काम गरिरहेका रामुले अहिले जापानामा मासिक कमाई राम्रो भएपनि नेपाललाइ भने सधै सम्झिरहेको बताउँछन् ।

झण्डै एक करोड लगानी गरेर एकजना साथीसँग मिलेर बुटवलको दीपनगरमा फेन्सी पसल सञ्चालन गरेका रामु कोरोना पछि व्यवसाय चौपट भएकै कारण विदेशिनु परेको उनले बताए ।

‘बैंकबाट क्रृण लिएर व्यवसाय गरे । तर त्यसले प्रतिफल दिन सकेन । बैंकबाट ऋण लिएर व्यापारमा लगानी गर्दा १० पटक सोचेर मात्र गर्नुपर्ने शिक्षा मैले पाए’ उनले भने ।

मुलुकको वर्तमान विषम परिस्थितिले जापान आउनुपरे पनि केही वर्ष काम गरेपछि नेपालमै फर्केर राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील हुने रामुको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित