प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

बौद्ध युवा ज्ञानमाला संघको आयोजनामा निशुल्क आँखा जाँच सम्पन्न

बुटवल । बौद्ध धर्मालम्बीहरुले एक महिना लामो बनाउँने गुँला धर्म पर्वको अवसरमा बुटवलका निशुल्क आँखा जाँच सम्पन्न भएको छ ।

बौद्ध युवा ज्ञानमाला संघको आयोजना र शाक्य समाज बुटवलको सह आयोजनामा भएको आँखा शिविरमा लायन्स आँखा अस्पताल बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

सो शिविरमा १५५ जनाले आँखाको उपचार गराएको बौद्ध युवा ज्ञानमाला संघका अध्यक्ष धिरेन्द्रमणी तुलाधरले जानाकारी दिए । त्यस्तै सोही अवसरमा गरिएको सुगर र प्रेसर जाँचबाट १६८ जनाले निशुल्क परिक्षण गरेकाे उनले बताए ।

मनाईयो गुँला धर्म पर्व

गुँला पर्व बुद्ध धर्म संस्कारमा एक महिना सम्म विशेष रुपले मनाउने गरिन्छ । गुँला भन्नाले नेपाल संवत अनुसार बर्षको नौ महिनालाई जनाउँछ । गुँ भन्नाले नौ र ला भन्नाले महिना भनेर बुझिन्छ । गुँला धर्म पर्व विशेष गरी काठमाडौंमा नेवास समुदाय मनाउँने गर्दछन् । काठमाडौं बाट बसाई सराई गर्ने क्रममा गुँला धर्म पर्व पनि देशका अन्य भागमा पनि मनाउन थालिएको छ ।

बुटवलको वडा नंं १ मा रहेको पद्म चैत्य विहारमा पनि साउन ३२ गते प्रतिपदा देखि भदौ ३० गते सम्म धार्मिक क्रियाकपाल, बुद्ध भजन, शिल ग्रहण, बुद्ध पुजा तथा धर्म दर्शना श्रवणी गरी गुँला धर्म पर्व मनाइएको छ ।

भदौ ३२ गते पद्म चैत्य विहार अन्तर्गत बौद्ध युवा ज्ञानमाला संघको अगुवाइमा पर्वको समापन गरिएको थियो । उक्त कार्यक्रमकाे विहारका र्धम्मानु शासक भिक्षु कविन्द्र स्थवीरले उद्घाटन गरेका थिए।

कार्यक्रममा बौद्धिक व्यक्तिहरु राम बहादुर शाक्य, जिवन प्रसाद ओझा, बौद्ध महिला संघकी अध्यक्ष उत्तमा उदास, पद्म चैत्य विहारका सञ्चालक समिति अध्यक्ष सुरेश रत्न बज्रचार्य लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रममा समितिका कोषाध्यक्ष कपिल शाक्यले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा बौद्ध युवा ज्ञानमाला संघका अध्यक्ष धिरेन्द्रमणी तुलाधरले आर्थिक सहयोग गर्ने र उपस्थिती सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम बुद्ध युवा ज्ञानमाला संघका सचिव अर्नलराज शाक्यले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित