रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

एन प्याब्सन रुपन्देहीको अध्यक्षमा बिल गुरुङ्ग र सहअध्यक्षमा तिलब केसी निर्वाचित

बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष र सहअध्यक्षले नेतृत्व सम्हाल्ने गरि छठौं अधिवेशन सम्पन्न भएको छ ।

रुपन्देहीको भैरहवामा सम्पन्न छैठौं अधिवेशनले अध्यक्षमा बिलप्रसाद गुरुङ र सह अध्यक्षमा तिलब केसीलाई सर्वसम्वत निर्वाचित गरेको हो । तीन वर्षे कार्यकाल रहेको समितिको पहिलो एक वर्षपछि पुनः अर्काे अध्यक्ष चयन गर्ने गरि सहमति बनेको छ ।

अघिल्लो एक वर्षका लागि निर्वाचित गुरुङले एन प्याब्सनको नेतृत्व समाल्नेछन् भने आगामी वर्ष २०८१ असोज एक गतेदेखि सहअध्यक्षमा निर्वाचित भएका केसीले एन प्याब्सन रुपन्देहीको अध्यक्ष बनि त्यसपछिको नेतृत्व सम्हाल्ने सहमति बनेपछि एन प्याब्सन रुपन्देहीको छैठौं अधिवेशन सम्पन्न भएको हो ।

सम्पन्न अधिवेशनले अध्यक्षपछिका सबै पदहरुलाई तीनै वर्षका लागि निर्वाचित गरेको छ । सम्पन्न अधिवेशनबाट एन प्याब्सनको उपाध्यक्षमा बाबुराम बन्जाडे, उपाध्यक्षमा अमरनाथ पाठक, सचिवमा अमित यादव, कोषाध्यक्षमा विनोद थापा मगर, सहसचिवमा लक्ष्मण अर्याल, सहकोषाध्यक्षमा राजेन्द्र पराजुलीलाई निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा शंकरप्रसाद गौतम, सौगात भट्टराई, कमल पौडेल, करन राना, ओमप्रकाश यादव, एलबी रौतार, सुरेन्द्र बराई, रामऔतार यादव, रााम अचल गौड, अरविन्द हरिजन, सुन्दर यादव, कमलेश कुमार यादव निर्वाचित हुनु भएको एन प्याब्सनका केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा एन प्याब्सन नेपालका सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधी बामदेव न्यौपाने, बालाकृष्ण तिवारी, देउप्रकाश राई, निर्वाचन समिति सदस्य होमनाथ ढुङगाना लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै संस्थागत विद्यालयहरुले शैक्षिक गतिविधिसँगै राज्यले दिने सेवा सुविधाका बारेमा पनि सचेत हुँदै खवरदारी गर्नु पर्ने आवश्यकता  आैल्याए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित