रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नाच्ने क्रममा विवाद भएपछि पाल्पाको दोभानमा चक्कु प्रहार गरि एक युवाको हत्या

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका दोभानमा एक युवाको गए राती हत्या भएको छ । तिनाउ गाउँपालिका वडा नं. २ दोभानका २४ बर्षिय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तीज गीतमा नाच्ने क्रममा भएको सामान्य झगडाले ठुलो रुप लिदा खत्रीमाथी चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

चक्कु प्रहार बाट घाईते भएका खत्रीलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा उनको राती मृत्यु भएको थियो ।

प्रहरीले हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेकाहरुको नाम अहिले बताउन नमिल्ने प्रहरी निरीक्षक चन्दले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित