रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

पहिलो पाईला नेपाल बुटवल शाखा द्वारा भाग्य बोक्ने झोला वितरण

बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले अर्घाखाँचीमा पुगेर अति गरिव तथा विपन्न विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरेको छ । बुटवल शाखाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा गरिब, असहाय तथा अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरेको हो ।

सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनोद बस्यालले जानकारी दिए ।

पहिलो पाईला नेपालको शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला विद्यार्थीहरुलाई वितरण गरेको उनले बताए ।

कार्यक्रमको अध्यक्ष बुटवल शाखाका शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।


सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाललाई शुभकामना दिए । उनले विद्यार्थीहरुलाई झोला, पोशाकका साथै शैक्षिक सामाग्री प्रदान गर्दा विद्यार्थीहरुमा उत्साह हुने गरेको र यसले विद्यार्थीहरुलाई विद्यालयमा निरन्तर आउन प्रेरित गर्ने बताए ।

कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रीय महासचिव बिनोद महत, भुमेकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तोपलाल सापकोटा, वडा नं ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, भुमिकास्थान नगरपालिका वडा नं ३ का वडा सदस्यहरु होम बहादुर सुनार, दासु राम भुसाल, बिस्नु सुवाल नरेन्द्र पाण्डे, सिद्धार्थ आधारभुत बिद्यालय प्राचार्य खेमराज भाट, शंकर जनसेवा आधारभुत बिद्यालयका प्राचार्य सालिकराम खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्य लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताए ।

शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेको सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी समीप नेपालीले बताए ।


पहिलो पाईला नेपाल बुटवल शाखाका सह–कोषाध्यक्ष नरेस न्यौपानेको स्वागत, कोषाध्यक्ष सन्तोष के.सीको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन शाखाका सचिव राजन अधिकारीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित