जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

पद्म चैत्य विहारमा सकियो एक महिना लामो गुँलाधर्म (गुँलाभजन) कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको पद्म चैत्य विहारमा लागेको एक महिने गुँला धर्म (गुँलाभजन) कार्यक्रम सकिएको छ ।

साउन ३२ गते देखि भदौ ३० गते सम्म पद्म चैत्य विहारमा गुँला धर्म (गुँलाभजन) कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रमको अन्तीम दिन विहार स्थित बौद्ध महिला संघको ३० औं बार्षिक साधारण सभा भएको छ ।

गुँला धर्मको अन्तिम दिन भाद्र ३० गते गरिएको संघको साधारण सभाको एक कार्यक्रमका बीच विहारका र्धम्मानु शासक भिक्षु कविन्द्र स्थवीरले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले यस्ता पर्वहरुले सामाजिक एवं सांस्कृतिक महत्व दर्साउने भन्दै निरन्तरता दिन आग्रह गरे ।

संघकी अध्यक्ष उत्तमा उदासको अध्यक्षतामा भएको सो कार्यक्रममा ६ जना महिलाहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मानित भएकी मायादेवी शाक्य, सल्लाहकार जीवन प्रसाद ओझा, बौद्ध युवा संघका अध्यक्ष धिरेद्रमणी तुलाधर, पद्म चैत्य विहारका सञ्चालक समितिका अध्यक्ष सुरेश रत्न बज्रचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष उर्मिला शाक्यले कोषाध्यक्षको प्रतिबेदन तथा महासचिव निरु बज्रचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन । त्यस्तै कार्यक्रममा धन्यवाद ज्ञापन संघी उपाध्यक्ष भाग्यलक्ष्मी शाक्यले गरेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित