‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही ।
अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् ।
बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अहिले जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षको जिम्मेवारी लिँदै अर्यालले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा निरज आचार्य, अर्जुन गैरे, सचिव सुमित सापकोटा, सहसचिव मनिषा कार्की, गुनबहादुर श्रेष्ठ, सरोज खनाल, पवन भुसाल, कोषाध्यक्षमा सुनिल खनाललगायत ५१ कमिटी सदस्य निर्वाचित भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अनेरास्ववियु पूर्वअध्यक्ष खिमलाल भट्टराई, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल, नेकपा एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकाल, अनेरास्ववियु पूर्व उपाअध्यक्ष यम पाण्डे, सरोज पोखरेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनाल, शेषकान्त पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै संगठनलाई चलायमान बनाउन सुझाव दिएका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षयता सचिव प्रकाश पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित