लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भदौ ३१ गते दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको पर्व बड्का अट्वारीको अवसरमा तीन जिल्लामा बिदा दिएको छ।

थारू बुहल क्षेत्र दाङसहित बाँके र बर्दियामा भदौ ३१ गते अट्वारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गत चैत १७ को निर्णय अनुसार बिदा दिइएको गृह मन्त्रालयका अधिकृत माधव शर्माले जारी गरेको सूचनामा उल्लेख छ।

थारू समुदायमा अट्वारीको महत्व

थारू समुदायले अट्वारी सम्मान र आपसी सद्भाव साटासाट गर्ने पर्वका रूपमा मनाउने गर्छन्। उनीहरू यो पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछिको आइतबारका दिन मनाउने गर्छन्।

उनीहरू यो पर्व खासगरी सूर्य अर्थात् शक्तिको उपसनाको लागि मनाउने गर्छन्।

अट्वारीमा थारू पुरूष पानी पनि नखाई ब्रत बस्ने प्रचलन छ। आफ्नो लागि भनेर चोखो खानेकुरा आफैं पकाउँछन्। उनीहरू खास गरी यो पर्वमा रोटी, केरा, दही, क्राँका, अम्बाजस्ता स्थानीय परिकार खाने गर्छन्। यस्ता परिकार खानुभन्दा पहिला पूजा गर्ने गर्छन्।

त्यसको भोलिपल्ट (सोमबार) बिहान पाँच वा सात प्रकारका गेडागुडीयुक्त तरकारी, खाना खान्छन्। त्यसपूर्व उनीहरू आफ्ना छोरी चेलीका लागि (कोसेली) अग्रासन छुट्याउने गर्छन्।  त्यसरी छुट्याइएको कोसेली छोड्न उनीहरू आफैं छोरी चेलीको घर पुग्ने गर्छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित