जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बाल दिवसको अवसरमा स्वस्थ शिशु प्रतियोगिता: रेहान बने पहिलो

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीले राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार ‘स्वस्थ शिशु’ प्रतियोगिता सम्पन्न गरेको छ । परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा बालबालिकाहरुको स्वस्थमा परीक्षण गरी उनीहरुलाई पुस्कृत गरिएको हो ।

प्रतियोगितामा भावना शाक्यका शिशु रेहान सिमाङ्गैडा प्रथम हुन सफल भए । यसैगरी स्यामु आले दोस्रो तथा आयांश तामाङ तेस्रोत हुन सफल भए । प्रतियोगितामा रियान्सी श्रेष्ठ, आराध्या श्रेष्ठ र आरान्या शाक्यलाई सान्त्वमा पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।

प्रतियोगितमा सहभागी बालबालिकाहरुको आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. प्रदिप शर्माले परीक्षण गरेका थिए । बालकालिकाहरुको उमेर, तौल, आहार, नाक, कान, घाँटी, आँखा, मुख लगायक हरेक अङ्गहरुको परीक्षण तथा स्वस्थताका आधारमा छनोट गरिएको उनले बताए ।

प्रतियोगितामा प्रदेशदेखि तेस्रो हुने बालबालिकाहरुलाई साइकल तथा सान्त्वना हुने ३ जनालाई आकर्षक खेलौना प्रदान गरिएको प्रतियोगताका संयोजक संगीता श्रेष्ठले जानकारी दिइन् । विभिन्न ठाउँका २५ जना बालबालिका सहभागी प्रतियोगितामा सबै अभिभावक तथा बालबालिकाहरुलाई प्रोत्साहनका लागि हात खाली नजाने विभिन्न उपहार प्रदान गरिएको उनले बताइन् ।

प्रतियोगिताको अवसमा बोल्दै डिष्ट्रिक ३२५ पी–२ का गभर्नर अर्जुनमान सैजुले सामाजिक क्रियाकलापमा सहभागी गराउँदै क्लबले आफूलाई क्रियाशिल बनाएकोप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै एमजेएफ पुरुषेत्तममान प्रधानाङ्ग, पिएमजेएफ बालाराम भट्टराई, प्रमोद कसजु, क्लबका संस्थापक अध्यक्ष सरस्वती अमात्य तथा आसा अमात्य कसजू लगायतले क्लबलाई सामाजिक क्रियाकलपामा थप सक्रिय बनाउन सुझाव दिए ।

 

क्लबका अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सिर्जना श्रेष्ठले गरेकी थिइन् भने प्रमुख सल्लाहकार यसोधा थैव, पूर्व अध्यक्ष तथा सल्लाहकार निलिमा शाक्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित