रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलमा सरसफाइको नयाँ कार्ययोजना बनाएर सार्वजनिक स्थलहरु नियमित सरसफाइ गरिने

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो।

मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयाँ कार्ययोजना ल्याउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। हरेक शनिबार टोलटोलमा टोल विकास संस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गर्ने उनले बताए ।

उनले नगरलाई सफा राख्नका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नगर सफा भएमा नगर र नगरबासीको इज्जत बढ्ने बताए ।

उनले सबै सामाजिक संस्थाहरुले बुटवललाई सफा र हरियाली बुटवल बनाउनका लागि साथ दिनुपर्ने बताउँदै सबैको सहयोगले मात्रै नगर सफा र सुन्दर बन्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउनका लागि घरदेखि नै कामको थालनी गर्नुपर्ने बताए ।

४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउँमा बिरुवा लगाउने र सफा गर्न बाँकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित