श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

विनोदको परिवारलाई अमेरिका स्थित नेपाली क्लबको सहयोग

काठमाडौं । अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब ‘एभरेस्ट लाओन्स भलिबल क्लब’ले केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग पठाएको छ ।

क्लबले पठाएको सहयोग रकम बिहिवार काठमाडौंमा ‘गुल्मेली सहयोगी हातहरु’ अभियानको सहजीकरणमा विनोदका परिवारलाई हस्तान्तरण गरिएको छ ।

क्लबले स्थानीय प्रतियोगितामा भाग लिदै जित हासील गरि पुरस्कारस्वरुप पाएको पुरस्कारबाट विनोदको परिवारलाई सहयोग स्वरुप ५६५ अमेरिकी डलर ( अक्षरुपी ७३ हजार ७ सय २० रुपैयाँ ) पठाएको हो । क्लबको तर्फबाट क्लब तथा प्रतियोगीताका उत्कृष्ट खेलाडी अनिल भट्टराईमार्फत सहयोग उपलब्ध गराइएको र क्लबका सदस्य गोविन्द घिमिरेले समन्वय गरेको अभियानका उपाध्यक्ष विमल घिमिरेले जानकारी दिए ।

उक्त रकम मुसिकोट नगरपालिकाका निवर्तमान मेयर सोमनाथ सापकोटा, गुल्मेली सहयोग हातहरू अभियानका अध्यक्ष लिला खरेल र अन्य पदाधिकारीको उपस्थितिमा विनोद विककी आमा सीता विक र दिदी लक्ष्मी विकलाई हस्तान्तरण गरिएको हो ।

गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौर निवासी विनोद भलिबलका उत्कृष्ट र उदियमान खेलाडी थिए ।

जिल्ला हुँदै नवौ राष्ट्रिय खेलमा प्रदेशबाट छनोट भइ उत्कृष्ट प्रदर्सन गरेका विनोदको अल्पायूमै निधन भएको थियो । फोक्सोको क्यान्सरका कारण २० वर्षको उमेरमा विनोदको निधन भएको थियो ।

आर्थिक अवस्था कमजोर रहेको विनोदको परिवारका लागि उपचारको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए ।

भौतिक रुपमा टाढा भएपनी भावनाले सँगै छौ – क्लब

सहयोग रकमको साथमा क्लबले विनोदको परिवारको पीडामा भावनात्मक रुपमा सँगै रहेको सन्देश समेत पठाएको छ । सन्देशमा भनिएको छ, ‘मान्छेको अभाव पैसाले पूरा गर्न सक्दैन तरपनि पीडित परिवारको केही सामान्य आवश्यकता भने पक्कै पूरा गर्न सक्छ । एक उदियमान खेलाडीको अल्पायुको निधनले क्लब परिवार स्तब्ध छौं । भौतिक रुपमा टाढा रहे पनि हामी परिवारको साथमा छौ ।’

विनोद बिक उदियमान खेलाडी रहेको, नगरपालिकाको गौरव रहेको र उपचारका लागि हरसम्भव प्रयास गर्दापनी बचाउन नसकिएको निवर्तमान मेयर सोमनाथ सापकोटाले बताए ।

अभियानका अध्यक्ष लिला खरेलले पीडामा रहेको विनोदको परिवारलाई सहयोग पठाउने क्लबलाई धन्यवाद दिए । सहयोग हस्तान्तरण कार्यक्रमको सन्चालन अभियानका सचिव रमेश काउछाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित