लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

विनोदको परिवारलाई अमेरिका स्थित नेपाली क्लबको सहयोग

काठमाडौं । अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब ‘एभरेस्ट लाओन्स भलिबल क्लब’ले केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग पठाएको छ ।

क्लबले पठाएको सहयोग रकम बिहिवार काठमाडौंमा ‘गुल्मेली सहयोगी हातहरु’ अभियानको सहजीकरणमा विनोदका परिवारलाई हस्तान्तरण गरिएको छ ।

क्लबले स्थानीय प्रतियोगितामा भाग लिदै जित हासील गरि पुरस्कारस्वरुप पाएको पुरस्कारबाट विनोदको परिवारलाई सहयोग स्वरुप ५६५ अमेरिकी डलर ( अक्षरुपी ७३ हजार ७ सय २० रुपैयाँ ) पठाएको हो । क्लबको तर्फबाट क्लब तथा प्रतियोगीताका उत्कृष्ट खेलाडी अनिल भट्टराईमार्फत सहयोग उपलब्ध गराइएको र क्लबका सदस्य गोविन्द घिमिरेले समन्वय गरेको अभियानका उपाध्यक्ष विमल घिमिरेले जानकारी दिए ।

उक्त रकम मुसिकोट नगरपालिकाका निवर्तमान मेयर सोमनाथ सापकोटा, गुल्मेली सहयोग हातहरू अभियानका अध्यक्ष लिला खरेल र अन्य पदाधिकारीको उपस्थितिमा विनोद विककी आमा सीता विक र दिदी लक्ष्मी विकलाई हस्तान्तरण गरिएको हो ।

गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौर निवासी विनोद भलिबलका उत्कृष्ट र उदियमान खेलाडी थिए ।

जिल्ला हुँदै नवौ राष्ट्रिय खेलमा प्रदेशबाट छनोट भइ उत्कृष्ट प्रदर्सन गरेका विनोदको अल्पायूमै निधन भएको थियो । फोक्सोको क्यान्सरका कारण २० वर्षको उमेरमा विनोदको निधन भएको थियो ।

आर्थिक अवस्था कमजोर रहेको विनोदको परिवारका लागि उपचारको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए ।

भौतिक रुपमा टाढा भएपनी भावनाले सँगै छौ – क्लब

सहयोग रकमको साथमा क्लबले विनोदको परिवारको पीडामा भावनात्मक रुपमा सँगै रहेको सन्देश समेत पठाएको छ । सन्देशमा भनिएको छ, ‘मान्छेको अभाव पैसाले पूरा गर्न सक्दैन तरपनि पीडित परिवारको केही सामान्य आवश्यकता भने पक्कै पूरा गर्न सक्छ । एक उदियमान खेलाडीको अल्पायुको निधनले क्लब परिवार स्तब्ध छौं । भौतिक रुपमा टाढा रहे पनि हामी परिवारको साथमा छौ ।’

विनोद बिक उदियमान खेलाडी रहेको, नगरपालिकाको गौरव रहेको र उपचारका लागि हरसम्भव प्रयास गर्दापनी बचाउन नसकिएको निवर्तमान मेयर सोमनाथ सापकोटाले बताए ।

अभियानका अध्यक्ष लिला खरेलले पीडामा रहेको विनोदको परिवारलाई सहयोग पठाउने क्लबलाई धन्यवाद दिए । सहयोग हस्तान्तरण कार्यक्रमको सन्चालन अभियानका सचिव रमेश काउछाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित